– केशवराज ज्ञवाली, अर्घाखाँची डट्कम।
अर्घाखाँची महोत्सवमा प्रस्तुती दिन आएका चर्चित कलाकार पशुपति शर्माले सन्धिखर्क गोरुसिंगे सडक तुरुन्त सुधार्न प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझिलाइ अनुरोध गरेका छन ।
महोत्सवमा उपस्थित दर्शकलाइ आफ्नो प्रस्तुती दिन स्टेज चढेका शर्माले यात्रा गर्दा डरै डरमा गर्नुपर्ने स्थितिको अन्त्य गर्न रायमाझिले तत्काल प्रयास गर्ने बिस्वास पनि ब्यक्त गरेका छन ।
सन्धिखर्क गोरुसिंगे सडक सांघुरो र असुरक्षित भएको भन्दै कलाकार शर्माले अथिती बनेर कुर्सिमा बसेका सांसद रायमाझिलाइ “माननीय ज्यु त्यो बाटो साघुरो र धेरै डरलाग्दो भयो तत्काल गुणस्तर सुधार्नुहोला ” भन्दा सांसद रायमाझी मुसुक्क हांसेका थिए भने दर्शकहरुले हो मा हो मिलाउदै ताली बजाएको दृश्य रोचक देखिन्थ्यो ।
उक्त सडकको बिषयमा कलाकार बद्री पंगेनिले पनि केहिदिन अघि सोही महोत्सवमानै सडक झन पछि झन गुणस्तरहिन भएको भन्दै सडक कहिले राम्रो बन्छ ? भन्न्ने प्रश्न गरेका थिए । खासगरी लोकगायनमा अब्बल पशुपती शर्माले विभिन्न गित हरु गाएर दर्शकलाइ भरपुर मनोरन्जन दिने प्रयास गरेका थिए ।
अर्घाखाँची महोत्सव गत माघ ११ गतेदेखी सन्धिखर्कको कुंडुले फांटमा चलिरहेको छ ।
मेला हेर्न जिल्लाका विभिन्न स्थानबाट स्थानियहरु आउने क्रम बढ्दो छ ।
महोत्सबमा कपडा , खाद्यान्न , खेलौना , भांडाकुंडा , औजार , कृषि उत्पादन लगायतका सामग्री हरु उपभोक्ताले सुपथ मुल्यमा खरिद गर्न पाउने छन । यो महोत्सव माघ २४ सम्म चल्ने आयोजकले जनाएको छ ।