कृषि, पर्यटन, उद्योग र व्यापार ! समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार भन्ने नाराका साथ सुरु भएको !!”पाँचौ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९मा आफ्नो प्रस्तुती दिन माघ २३ गते ज्योती मगर अर्घाखाँची आउदै छिन् ।
केही आफुलाई स्माट कहलाउने संघ संस्थाहरूले ज्योती मगरको प्रस्तुती अस्लिल र सामाजिक संस्कार बिपरित हुने भन्दै बहिस्कार गर्ने भन्दै बिज्ञाप्ती निकालेका छ्न गायिका ज्योति मगरले समाजिक संजालमा स्टाटस राख्दै तिमिहरु दम भए मलाई रोकेर देखाउ भन्दै चुनौती दिएकी छिन् ।
ज्योति मगर आफ्नो स्टाटसमा लेख्छिन आज भोली खोलियका धेरै जसो संघ संस्था हरु र समाजिक अभियन्ता हरु समाजिक मुल्य र मान्यता लाई जोगाउन होइन समाजसेवा को नाम मा चन्दा उठाउन र सो कल्ड उम्मेदवार (सदस्य,अधेक्ष,) बनी समाज मा आफू लाई होनहार ब्याक्तित्व देखाउन को लागि खोलियको हुन्छ जस्को कुनै सामाजिक दायित्व हुदैनन ब्यक्तिगत मनमानी ब्यक्तिगत रिसराग र ब्यक्तिगत आफुले पैसा कमाउने जस्तो कि “हाम्रो सस्था ले फलानो को किड्नी उपचार गर्दै छ” भन्दै पैसा उठाउने र आधा भन्दा धेरै मिलिजुली बाडी खाने हेतु ले खोलियको हुन्छन,अरु कच्चा चिठ्ठा त धेरै के खोल्नु यस्ता सो कल्ड संघ सस्था लाई त म बहिस्कार गर्छु त्यो पनि एक्लै… हिम्मत छ भने मलाइ रोकेर देखाउनुस म भोलि अर्घाखाँची मा आफ्नो प्रस्तुति दिदै छु… म ज्योती मगर र मेरो दायित्व दर्सक स्रोता को मनोरञ्जन को साथ साथै म जस्ता हजारौ युवती हरु जो सामाजिक कुसस्कार को सिकार भै आफ्नो इक्षा आकाक्षा र अधिकार बाट बन्चित छन उनी हरु लाइ मार्गदर्शन गर्नु पनि हो… म अहिले पुर्ब उर्लावारि बाट प्राइभेट कार मा चढी करिब 15/16 घन्टा को यात्रा तय गरि आउदै छु अर्घाखाँची मा… सक्छौ भनेर रोकेर देखाउनु… (हात्ती चल्यो बजार,कुकुर भुके हजार)
गायिका ज्योती मगरले फेसबुक वालमा यस्तो लेख्छिन :