-निरु आचार्य” नवरश्मी ”
सन्सारभरिका प्रेम गर्ने प्रेमिल जोडीहरुका लागि प्रणय दिवस एउटा उत्सव हो ।
बर्सौदेखि आफुले मन पराएर पनि अभिव्यक्त गर्न नसकेको भावना ब्यक्त गर्ने दिन हो प्रणय दिवस । यसको इतिहासलाई हेर्दा इस्वि सम्बत २७० मा इटालिको रोमबाट तेस्रो सताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस” भ्यालेनटाइन डे “मा एकजना रोमका सम्राटले नारिसङ्गको गोप्य कुराहरु बाहिर जाने डरले प्रेम र विबाहमा रोक लगाउने आदेश जारी गरे उक्त आदेश भ्यालेनटाइन नाम गरेका ब्यक्तिले उल्लंघन गरेकोले १४फेब्रुअरीका दिन उनलाई मृत्युदण्ड दिइएकोले सन्सारभर उक्त दिनलाई भ्यालेनटाइन डे को रूपमा मनाउन थालिएको हो ।
पश्चिमी देशहरूमा मनाइने यो उत्सव देखासिखी तथा फेसनको कारणले गर्दा पूर्वीय देशहरुमा पनि पछिल्लो समय युवापुस्ताहरुले एकदमै पर्वको रुपमा मनाउदै आइरहेका छन् । जन्मदिनमा केक काट्ने ,दियो निभाउने चलन देखि लिएर अर्थतन्त्रमा नै ह्रास आउने गरेर नेपाली उत्पादन भन्दा बिदेशी किर्तिम गुलाफ फुल अरबौको आयात गर्ने यो परम्पराले नेपाली संस्कार तथा संस्कृतिमा नै ह्रास निम्त्याएको छ ।
नेपाली चाडपर्वहरुलाई भन्दा बिदेशी संस्कृति को बढी नक्कल गर्ने अहिलेको युवापुस्ता अत्यन्तै अगाडी छ । हाम्रा सस्कार तथा रितिरिवावाजहरु दिनदिनै ओझेलिदै गएका छन् ।परम्पराहरु मासिदै गएका छन् ।
संस्कृतिको नाममा बिकृती भइरहदा खै यसको बारेमा बहस चलाएको ? रोकावट गर्ने जिम्मेवार निकाय किन चुप लागेको ? प्रेमको नाममा आत्मदाह गर्ने ,आत्महत्या गर्ने प्रेमिल जोडीहरुको लागि खै त सचेतना कार्यक्रमहरु ,सेमिनार ,देशब्यापी अभियान संचालन गरेको ..? के यसको बारेमा सरकारले सोच्नुपर्दैन त ..?
पश्मिमा देशहरुको नक्कल गर्नु नै छ भने के परिवतनशिल साथै फरक ढंगले मनाउन सकिदैन त ? जीवन मृत्युको मुखमा पुगेको बिरामीलाई हौसाउन / खुशी बनाउन रोज दिएर ,रोइरहेको आफ्नो कोहि नभएको साथै माया नपाएको अनाथ अनि बेसाहारा बच्चालाई चक्लेट सङ्गै टेडि दिएर ,आफ्नो ज्यान धरापमा राखेर जन्म दिने आमा तथा हरेक आफ्ना रहर मारेर खुशी किनिदिने बाबालाई आश्रममा कहिल्यै राख्दिन भनी प्रोमिस गरेर के भ्यालेनटाइन डे मनाउन सकिँदैन र ..?
त्यसैले संस्कृतिको नाममा बिकृती नभित्राउ ,समाज परिवर्तन हाम्रै पालामा सम्भव छ ।