राष्ट्रिय सहकारी बैंकमा २० लाखको सेयर किनेर त्रिवेणी बन्यो,अर्घाखाँचीमै धेरै सेयर लगानी गर्ने पहिलो सहकारी (तस्बिर सहित )

 

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।

राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैयाँको सेयर लगानी गरि अर्घाखाँचीकै धेरै सेयर लगानी गर्ने पहिलो सहकारी बनेको छ । १५ करोड पूँजी र ७२ लाख जगेडा कोष गरेको त्रिवेणीले राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैंया बराबरको सेयर खरिद गर्न सफल भएको हो ।

त्रिवेणी बचत तथा रिण सहकारी संस्थाको आयोजनामा शनिवार सन्धिखर्कमा आयोजित संचालक समिति सहित ११ वटा उपसमितिको संयुक्त बैठक मार्फत यस्तो जानकारी गराइएको हो ।

May be an image of 6 people, people standing, people sitting and indoor

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले व्यक्ति,परिवार,समाज हुँदै राष्ट्रलाई आर्थिक समृद्धिमा लैजान सहकारीलाई भरपुर सदुपयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लगानीको अभावले उद्यम तथा स्वरोजगार बन्न नसक्नेहरुको सारथि बनेको सहकारीको दिगो विकास हुनुपर्ने उनिहरुको धारणा रहेको छ ।

May be an image of 3 people, people standing, people sitting and indoor

उच्च शिक्षा पढ्ने रुची भएरपनि आर्थिक अभावले विदेश धाउनुपर्नेलाई आर्थिक सारथि बनेर स्वदेशमा दक्ष जनशक्ति निर्माण गर्नेदेखि उनिहरुलाई रोजगार दिनेसम्मको भुमिका निभाउने सहकारीलाई व्यक्तिदेखि राज्यसम्म सबैले अबलम्बन गर्नुको विकल्प नभएको उनिहरुको भनाई छ । पछिल्लो समय विश्व नै आर्थिक संकटसंग जुधिरहेकाले पैसाको दुरुपयोग र फजुल खर्च रोक्नुपर्नेमा सहकारी अभियान्ताहरुको जोड छ ।

May be an image of 11 people, people standing, people sitting and indoor

संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र सचिव नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न बैठकमा संस्थाका व्यवस्थापक तुल्सीराम खनालले सहजीकरण गर्नुभएको थियो ।

May be an image of 7 people, people sitting, people standing and indoor

संचालक समिति सहित उपसमितिका पदाधिकारी र सरोकारवालाको उल्लेख्य उपस्थितिमा सम्पन्न बैठकले नेतृत्वकर्तालाई अध्ययन भ्रमण,सेयर सदस्यलाई अवलोकन भ्रमण,सरोकारवालालाई क्षमता अभिबृद्धि तथा सहकारी शिक्षा तालिम दिने निर्णय गरेको छ ।

बैठकले वि.स.२०८० सालको क्यालेण्डर प्रकाशन सहित संस्थालाई प्रविधिसंग जोड्न बिभिन्न सफ्टवयर तथा एप्सहरुको विकास गर्ने निर्णय पनि गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको १२ वटै वडामा सेवा बिस्तार गरेको यस सहकारीमा हाल ९ सय ९० जना सेयर सदस्य र २ सय ५० जना बाल बचत सदस्य रहेका छन् ।

May be an image of 4 people, people sitting and indoor

२०६८ सालमा स्थापना भएको त्रिवेणीले हाल सुलभदर र सहज रुपमा कर्जा लगानी,बचत संकलन,नेतृत्वको क्षमता विकास तालिम,सेयर सदस्य केन्द्रित सहकारी तालिम,पहिलो मालिक कार्यक्रम,त्रिवेणी शैक्षिक पुरस्कार, त्रिवेणी पत्रकारिता पुरस्कार,महिला तथा बालबालिका केन्द्रित कार्यक्रम सहित आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने गतिविधि गर्दै आएको छ ।

अन्य समाचारहरु