-केशवराज ज्ञवाली,अर्घाखाची डट्कम।
सन्धिखर्क -७ दुवारका तीन आचार्य दाजुभाइहरुले आफुहरुले प्राथमिक शिक्षा हासिल गरेको जनजीवन आधारभुत बिधालयलाई प्राबिधिक सामग्री हस्तान्तरण गर्नुभएको छ।
सन्धिखर्क -७ भालुखोलामा रहेको उक्त बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्याउने उदेस्यले आफ्ना स्वर्गीय माता पिता गुनकुमारी र चेतनारायण आचार्यको
सम्झनामा छोराहरु युवराज आचार्य , मुकुन्दराज आचार्य र भरत आचार्य द्वारा बिधालयलाइ एक थान ल्यापटप , एक थान प्रोजेक्टर र टु- इन वान फोटोकपी प्रिन्टर मेसिन एक समारोहका बिच बिधालयलाई हस्तान्तरण गर्नुभएको छ ।
बिधालयमा प्राबिधिक सामग्रीको अभाव भएको तर ४ र ५ कक्षाको पुस्तकमा कम्प्युटर भन्ने बिषय तथा पाठ्यक्रम रहेकोले पठनपाठनमा समस्या भएको थियो
उक्त समस्याको समाधानका लागि समबन्धित सरकारी निकायको मात्र मुख ताक्न भन्दा यसै स्कुलमा शिक्षा हासिल गरि जिवनमा सफलता हासिल गरेका ब्यक्तिहरुबाट आफुसक्दो सहयोग गर्न भनी बिधालयका प्रधानाध्यापक रुद्र ज्ञवालीको अनुरोध तथा पहलमा आचार्य दाजुभाइद्वारा बिधालयलाइ सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सामग्री हस्तान्तरण पछि बिधालयको तर्फबाट प्रमुख अथिती , अथिती र ब्यबस्थापन समितिका तर्फबाट सामग्री दाताहरुलाइ च्यादर ओढाइ सम्मान पत्र र फुलमाला अबिरले सम्मान पनि गरिएको थियो ।
औपचारिक रुपमा आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्षमण कंडेल , सन्धिखर्क-७ का वार्ड अध्यक्ष चुराबहादुर के .सी . निवर्तमान वार्ड सदस्य बिष्णु भुसाल , बिधालयका भुतपुर्व प्र .अ मेघनाथ चुदाली , खिमानन्द आचार्य , शिक्षक, शिक्षिका , स्थानिय अभिभावक ,बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समिती अध्यक्ष मुकुन्द आचार्य , संचालन प्रधानाध्यापक रुद्र ज्ञवाली र शिक्षिका कमला घिमिरेले उपस्थित सबैलाइ स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो ।
थप तस्बिरहरु :