अर्घाखाँचीलाई पर्यटन हब बनाउन सरोकारवालाले दिएको सुझावमा माननियहरुले भन्नुभयोः जिल्लाको समृद्धिको निम्ती साझा मन्च बनाउनेछौं (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।

फागुन–२,अर्घाखाँची अर्घाखाँचीलाई पर्यटन हबको रुपमा विकास गर्न नेतृत्वपंक्तिलाई सरोकारवालाले सुझाव दिएका छन् ।

May be an image of 6 people, people standing and people sitting

नेपाल पर्यटन बोर्ड काठमाडौंको आयोजनामा आइतबार सन्धिखर्कमा सम्पन्न अर्घाखाँचीको पर्यटन विकास र पबद्र्धनको सम्भावना बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व उप–प्रधानमन्त्री तथा संघिय सांसद टोप बहादुर रायमाझी,संस्कृती,पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री शुसिला श्रीपाली ठकुरी,संघिय सांसद बिजुला रायमाझी र लुम्बिनी प्रदेशसभा सदस्य रामजी घिमिरेलाई जिल्लाका राजनितिक दलका नेता सहित अन्य सरोकारवालाले बिस्तृत गुरुयोजना बनाएर जिल्लालाई पर्यटन हबको रुपमा विकास गर्न सुझाव दिएका हुन् ।

May be an image of 7 people and people sitting

पहाडि जिल्लामध्ये यो जिल्ला स्वर्गजस्तो भुमि भएकोले अर्घाखाँँचीलाई व्यवसायिक पर्यटन क्षेत्रको रुपमा विकास गरि पर्यटन हब बनाउन उनिहरुको सुझाव छ ।

May be an image of 9 people, people sitting and indoor

अर्घाखाँची जिल्ला धार्मिक,सांस्कृतिक,प्राकृतिक र कृषि पर्यटनको व्यवसायिक विकास गर्न सक्षम जिल्ला भएको ब्रिफिङ्ग गर्दै उनिहरुले यसको निम्ती विज्ञसहित स्थलगत अध्ययन गराएर पर्यटन प्रबद्र्धनको निम्ती गुरुयोजना बनाउन आग्रह गरेका छन् ।

May be an image of 3 people, people sitting and indoor

व्यवसायिक पर्यटन विकासको योजना अगाडि बढाउँदै गर्दा जिल्ला भित्रने मुख्य सडक तथा जिल्लाभित्रका सडक सहित अन्य पूर्वाधार,शिक्षा र स्वास्थ्यलाईपनि वैज्ञानिक ढङ्गबाट अगाडि बढाउनुपर्नेमा उनिहरुको जोड रहेको छ ।

May be an image of 6 people, people sitting and indoor

सन्धिखर्क–गोरुसिंङ्गे सडक,सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक,निर्माणधिन अर्घाभगवती बिमानस्थल र नौमुरे जलविद्युत परियोजनालाई तत्काल मुर्तरुप दिन मन्त्री तथा सांसदहरुलाई उनिहरुको आग्रह छ ।

May be an image of 12 people, people standing and indoor

यसरी सुझाव दिनेहरुमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु प्रसाद खनाल मुस्कान,नेकपा एमाले जिल्ला उपाध्यक्ष शम्भु पोख्रेल,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज ठाकुर कुमार वि.क.किशोर,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरी प्रसाद भुसाल,नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी. र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायत रहनुभएको थियो ।

May be an image of 9 people, people standing and people sitting

आयोजक संस्था नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रबद्र्धन महाशाखाका उप–सचिव सरोज पोख्रेलको अध्यक्षता र लक्ष्मण गौतमको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण खनाल,सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई र छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतका वक्ताले मन्तव्य राख्दै बिस्तृत गुरुयोजना अनुसार जिल्लाको विकास र समृद्धिमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

May be an image of 7 people, people standing and people sitting

कार्यक्रममा सहभागिका सुझाव ग्रहणपछि आफ्नो भनाई राख्दै पूर्व उप–प्रधानमन्त्री तथा संघिय सांसद रायमाझी,संस्कृती,पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री ठकुरी,संघिय सांसद रायमाझी र लुम्बिनी प्रदेशसभा सदस्य घिमिरेले जिल्लाको दिगो विकास र आर्थिक समृद्धिको निम्ती साझा मन्च बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

May be an image of 4 people, people sitting and indoor

यस्तै नेपाल नागरिक उड्यन प्राधिकरण क्यानका सत्यराम दुलालले निर्माणधिन अर्घाभगवती बिमानस्थलको प्रगतिबारे बिफ्रिङ्ग गर्दै बिमानस्थलको कामले गति लिएको जानकारी दिनुभएको छ ।

May be an image of 6 people, people standing and people sitting

कार्यक्रममा जिल्लाका व्यबसायिक संघ संस्था अर्घाखाँची उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्श,होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ,सुनचाँदी व्यवसायी संघ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु