अनेरास्ववियूको अध्यक्षमा समिक बडाल विजयी

 

 

 

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो ।

बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाउनुभयो । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाउनु भएको छ ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीबार राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

एक नेताका अनुसार उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।

निर्वाचनमा १५ सय १७ मत खसेको थियो ।

अनेरास्ववियूको निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ ।

अन्य समाचारहरु