लाेक वार्ता परिषद ,नेपालकाे ११अाै राष्ट्रिय सम्मेलन पाल्पा , गुल्मी र अर्घाखाँचीमा सम्पन्न हुँदै ।

 

 

-हिम लेकाली,अर्घाखाँची।

फाल्गुन ५ अर्घाखाँची। भाषा ,कला , साहित्य ,संस्कृति र परम्परागत पद्धतिका बिषयमा खाेजविन ,संरक्षण , सम्बर्द्धन , गर्ने संस्था लाेकबार्ता परिषद नेपालले यसपालि लुम्बिनी प्रदेश का ३ जिल्ला केन्द्रित गरेर ११ अाै राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

फागुन ६ गते पाल्पाबाट सुरू भै गुल्मि हुँदै ११ गते अर्घाखाँचीमा कार्यक्रम सम्पन्न गरि याे सम्मेलन सकिने छ । जसको तयारि प्रत्येक जिल्लामा लाेक बार्ता समिति र साहित्यकारहरूले गरेका छन्।

याे सम्मेलन सफल र सम्पन्न पार्नका लागि फाल्गुन ५ गते ३० जनाकाे साहित्य तथा सांस्कृतिकविदकाे टाेली काठमाडौबाट हिड्ने भएको छ । याे अभियानमा लुम्बिनी बाङ्गमय प्रतिष्ठान केन्द्रीय अध्यक्ष ऋषि आजात सहितका महानुभावहरू समेत जाेडिनु हुने भएको छ ।
सम्मेलन अवधी प्रत्येक जिल्लामा २ दिनकाे रहेकाे छ ।

* फाल्गुन ६ र ७ पाल्पामा हुने कार्यक्रम:-
———————————————–
६ गते अाैपचारिक कार्यक्रम:- त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा- पाल्पा बिषयक गाेष्ठि पत्र प्रस्तुत र तानसेन भ्रमण ।
७ गते :-रानी महल भैरव स्थान अवलाेकन गाेष्ठिपत्र प्रस्तुति ।
* फाल्गुन ८ र ९ गुल्मीमाहुने कार्यक्रम :-
———————————————
८ गते रिडि ,श्रृङ्गा हुँदै तम्घास ,तम्घास अाैपचारिक कार्यक्रम प्रस्तुत ।
९गते रेसुङ्गा अध्ययन अवलाेकन भ्रमण ,गाेष्ठि पत्र लगायतका कार्यक्रम प्रस्तुत ।
* फागुन १०र ११ गते अर्घाखाँचीमा हुने कार्यक्रम :-
———————————————————–
१० गते ७ देखि १० बजे सम्म सन्धिखर्कका धार्मिक तथा पर्यटकिय क्षेत्र काे अध्ययन अवलाेकन भ्रमण ।
११ देखि १ बजे सम्म अाैपचारिक कार्यक्रम पाणिनि बहुमुखि क्याम्पस ।
दिउसाे २ बजे देखि ५ बजे सम्म अर्घाखाँची बिषयक गाेष्ठि पत्र प्रस्तुत
११ गते ७” बजे सुपा देउराली प्रस्थान
१० बजे खाना ,१२ बजे देखि १ बजे सम्म पाणिनि तपाेभुमि अवलाेकन ,गाेष्ठिपत्र प्रस्तुत
५ बजे पणेनाबाट सम्मेलन समापन काठमाडौं लगायतका स्थान फिर्ता ।।

अर्घाखाँची मा प्रस्तुत हुने कार्यपत्र :-

(१) अर्घाखाँचीमा गाईने भैलि गितकाे अध्ययन – प्रस्तुत कर्ता डा .लक्ष्मी पाेख्रेल ।
(२ ) गुल्मी अर्घाखाँचीका प्रचलित लाेक संगितकाे तत्वगत विश्लेषण – प्रस्तुतकर्ता डा .राम प्रसाद घिमिरे
(३) सुपा देउराली – अन्जु के.सि .
(४) पाणिनि र उनकाे तपाेभूमि पणेना – संस्कृतविद राजेन्द्र कुमार अाचार्य ।
(५) विनाेदी शिक्षा – उत्तरकुमार पराजुली
(६) अर्घाखाँचीमा भैरम नाँच -चन्द्रकान्त अाचार्य
(७) अर्घाखाँची जिल्लाका केही परम्परागत घरेलु प्रयाेगका सामाग्रीहरू – प्रा. माधवराज चुँदाली

गाेष्ठिमा प्रस्तुत कार्यपत्रहरू लाेकवार्ता परिषद नेपालले पुस्तकमा प्रकाशन गर्ने जनाईएकाे छ । अर्घाखाँचीमा सम्पन्न हुने परिषदकाे ११अाैं संङ्गाेष्ठी भब्यताका साथ सम्पन्न गर्न संयाेजक ज्ञान बहादुर क्षत्रीले सबै संग साथ सहयाेगकाे अपेक्षा राख्दै १० गते ११ बजे पाणिनि बहुमुखि क्याम्पस सन्धिखर्कमा हुने उद्घघाटन समाराेहमा सबै लाेकवार्ता प्रेमि महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्नु भएको छ ।

अन्य समाचारहरु