-सागर महत , अर्घाखाची ।
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा निःशुल्क आँखा तथा दाँत सम्बन्धी एक दिने स्वास्थ शिविर सम्पन्न भएको छ ।
अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लब अफ महाराजगञ्ज काठमाडौंको आयोजना र छत्रदेव गाउँपालिको समन्वयमा शिविर भएको हो ।
उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बिरामीलाई लक्षीत गरेर ग्रामीण क्षेत्रमा शिविर आयोजना गर्दा पालिका बासीमा खुशी छाएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
शिविरमा करिब ५ सय विरामीले सेवा लिएको अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डा. जय बहादुर टण्डनले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको उहाँले बताउनुभयो ।
शिविरमा ७० प्रतिसतभन्दा बढीले आँखाको चेक जाँच गराएका थिए । आँखाका अपरेसन गर्नुपर्ने विरामीको लागि फागुन ७ गते सदरमुकाम सन्धिखर्कमा शिविर बोलाइएको बताउनुभयो ।