-अनिल नेपाली सन्धिखर्क , अर्घाखाँची डट्कम।
अर्घाखाँची । लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको खेलक्षेत्रको बिकासका लागि र खेलाडी उत्पादन गर्न जिल्ला ,प्रदेशस्तरका खेलकुदका गतिबिधि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
सन्धिर्खक नगरपालिका द्वारा आज आयोजना गरिएको साताै राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उद्घाटन गदै मन्त्री आचार्यले यस्तो बताउनुभएको हाे।
मन्त्रि आचार्यले खेल क्षेत्रको बिकासकालागि आफुले खेल मैदानमा खानेपानी , शौचालय ,भौतिक पुर्वाधारमा जोड दिने बताउदै आचार्यले सबैपालिकामा खेलमैदानको काम प्रदेश सरकारको लागानीमा करिब निर्माणको अन्तिम चरणमा पुगेकाले ती खेलमैदानलाई चलायमान बनाउन स्थानिय सरकालाई निर्देशन समेत दिनुभएको छ।
कार्यक्रममा अर्घाखाँचीकी प्रमुख जिल्ला अधिकारी मिना अर्याल , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल , शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख मणिराम प्रराजुली ,सामाजिक बिकास समितिका संयोज नारायण खड्का , शिक्षकहरुको तर्फबाट जनज्योती माबिका प्रअ माधब आचार्य ,नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्य्क्ष रुद्रमणि भुसाल, जिल्ला खेलकुद समितिका प्रमुख जनक गैरे लगायतले मनतब्य राख्नु भएको थियो ।
उद्घाटनसत्र सन्धिखर्क नगरपाकिाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र उपप्रमुख मिश्रा अचार्यको स्वागत मनतब्य र शिक्षा शाखा अधिकृत मञ्जु अचार्यको संचालनमा सम्पन्न भएको हो ।