अर्घाखाँचीमा दुई दिने आँखा अपरेशन शिविर सुरु

 

 

-सागर महत

अर्घाखाँची । अर्घाखाँचीमा दुई दिने आँखाको निःशुल्क अपरेशन शिविर सुरु भएको छ ।

शिविरमा मोतीबिन्दु लगायत आँखा सम्बन्धी रोग विरामीहरु रहेका छन् ।

अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लब अफ महाराजगञ्ज काठमाडौंको आयोजनाभएको भएको शिविरमा अर्घाखाँची आँखा उपचार केन्द्र सन्धिखर्कको प्राविधिक सहयोग रहेको दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डा.जयबहादुर टण्डनले जानकारी दिनुभयो ।

यस्तै, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा निःशुल्क शिविर आयोजना गरेपछि अपरेशन शिविर सदरमुकाम सन्धिखकको आयोजना गरिएको दिगो विकास केन्द्र अर्घाखाँचीका उपाध्यक्ष डा. मुक्ती श्रेष्ठले बताउनुभयो ।

शिविरको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय आँखा सम्बन्धी विरामीको संख्या बढ्दै गएकाले शिविरलाई नियमित सञ्चालन गरेमा प्रभावकारी हुने बताउनुभयो ।

अन्य समाचारहरु