-अनिल नेपाली,अर्घाखाँची ।
अर्घाखाँची ११ फागुन। देउराली यातायात अर्घाखाँची प्रा. लि को आयोजना मेडिटेक अस्पताल बुटवलको सहयोगमा यहि फागुन १३ गते शनिवारका दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सन्धिखर्कमा हुने भएको छ ।
प्रालिले शिबिरमा विशेषज्ञ सेबा सहित स्वास्थ्य सम्बन्धि विभिन्न सेवा दिने अध्यक्ष गोबिन्द बन्जाडेले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको ।
शिक्षा र स्वास्थ्यलाई राज्यले निशुल्क र सर्बसुलभ बनाउनु पर्ने राज्यको जिम्मेबारी रहेता पनि गाँउका दुरदराजमा रहेका गरिब दुखी लाई अझै पनि प्रत्यक्ष रुपमा समेट्न सकेको भन्दै राज्यलाई प्रभाव पर्ने गरि सेवा दिनको लागि आफुहरुले शिविरको आयोजना गरेको अध्यक्ष बन्जाडेले बताए ।
सेबालाई प्रभाबकारी उपलब्धीमुलक बनाउनको लागि सबैले आफ्नो ठाँउबाट सहयोग गनुपर्ने समितिका निबर्तमान अध्यक्ष योगेन्द्र खड्काले बताउनु भयो ।सबैको साथ सहयोग बाट शिबिर उपलब्धिमुलक बनाउने सदस्य नारायण खड्काले बताउनु भयो ।