सन्धिखर्क : हाटबजार नियमित रूपमा सुरु भएपछि उपभोक्तालाई सहज (तस्बिर सहित)

Annil Nepali-अनिल नेपाली , अर्घाखाची डट्कम ।
सन्धिखर्क ,अर्घाखाची । अर्घाखाँचीकाे सन्धिर्खकमा हाट बजार प्रत्येक शुक्रबार नियमित रूपमा शुरू भएपनि जिल्लाका विभिन्न ठाउँबाट बजारमा किनबेचका लागी  आउने क्रम बढेको छ ।
No description available.
काेराेना महामारी पछि सुस्त बनेको बजारमा प्रत्येक शुक्रबार लाग्ने बजारले रूपरेखा नै परिवर्तन गरेको आकलन गर्न सकिन्छ ।
No description available.
शुक्रबार लाग्ने बजारमा तरकारी साथसाथै अन्य समानहरू सुपथ मुल्यमा पाउने गर्दछ। गाउँमा उत्पादित बस्तु बजारमा ल्याएर बेच्न पाउदा आफुहरूलाई समेत फाईदा पुग्ने गरेकाे उत्पादित कृषकहरू बताउँछन् ।
No description available.
सदाका बजारमा नियमित रूपमा कृषक प्रत्यक्ष रूपमा बेच्न नपाउने बिचाैलियाले दिनप्रतिदिन ग्राहकहरूलाई ठगि गर्दा ग्राहक जहिले पनि मारमा पर्ने तर बिचाैलिया दिनप्रतिदिन मुनाफा गर्ने प्रब्र्तिको अन्त्य हुने ग्राहकले आफुलाई चाहिने समान प्रत्यक्ष रूपमा राेजिराेजि लान पाउने भएको यस्ता बजारलाग्न आबश्यक रहेको बताउछन् ।
No description available.
बजारमा रहेका समान भन्दा हाट बजारमा व्यापारीहरू बिच पुर्ण प्रतिस्र्पर्धा भई साझा समझदारी मुल्य निर्धारण हुने उपभाेगकर्ता समेत नाफा जाने भएको यस्तो बजार लाग्न आबश्यक रहेकाे शुक्रबार बजारमा समान किन्न आउनु भएका सन्धिखर्क नगरपालिका वडा न ८ का साैरभ नेपालीको भनाइ रहेको छ ।
No description available.
सुरु सुरुमा खेति गरेर बेच्नका लागि बजार नपाउदा आफु सदैब पिरमर्का पर्दा उत्पादित बस्तु खेर गएको थियोे ।अहिले मगलबार ,शुक्रबार लाग्ने बजारले गर्दा आफुलाई निकै सहज भएको कृषक सन्धिखर्क नगरपालिका वडा न ६ का हरि बिककाे भनाइ रहेको छ।

अन्य समाचारहरु