सहकारी आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्छ प्रजिअ अर्याल (तस्बिर सहित)

 

-अनिल नेपाली,अर्घाखाची डट्कम। 

प्रमुख जिल्ला अधिकारी मिना अर्यालले सहकारी अब आत्मनिर्भरता र उत्पादनमूलक कार्यमा लाग्नुपर्ने बताउनुभएको छ।

No description available.

डाेलेश्वर बहुउद्देश्यीय सहकारी सस्था लि र सम्पन्न क्यापिटल एण्ड एड्भाईजरी नेपाल लिले आज सदरमुकाम सन्धिर्खकमा आयोजना गरेको बित्तिय साक्षरता तथा शेयर शिक्षा कार्यक्रमकाे आज सन्धिर्खकमा शुभारम्भ गदै प्रजिअ अर्यालले यस्तो बताउनुभएको हाे।

प्रजिअ अर्यालले नेपालमा अहिले झण्डै ३५००० हजारकाे हाराहारीमा सहकारी रहेकाे बताउदै सहकारी अझै पनि आत्मनिर्भर र उत्पादनमूलक कार्यमा लाग्न नसकेको बताउदै सहकारीमा आबद्व शेयर सदस्यलाई बचत ऋण दिएर मात्र सहकारी अब अगाडि बढ्न नसक्ने बताउदै सहकारीको बिकास र उत्थानकाे लागि सरकारले निगरानी खबरदारी निरन्तर रूपमा अनिवार्य गरेको बताउदै दिगाे विकास पारदर्शिताकाे एजेन्डा सहित सहकारी अगाडि बढ्नु आजकाे आबश्यकता रहेको बताउदै सहकारी अब उत्पादनशिलता उधमशीलता सग जाेडिएर आफ्ना कार्य गनुपर्ने बताउनु भएको छ ।

No description available.

एक फरक प्रसगमा प्रजिअ अर्यालले सहकारी व्यबस्थित मर्यादित बनाउनका लागि पनि शेयर सदस्यले निगरानी खबरदारी मुल्यांकन गर्नु आजको प्रमुख आबश्यकता रहेको बताईन् ।

No description available.

कार्यक्रममा सम्पन्न क्यापिटल एण्ड एड्भाईजरी नेपाल लिका प्रबन्ध निर्देशक दिपेन्द्र बास्काेटाले सहकारी नयाँ निति अनुसार व्यबस्थित अगाडि बढ्नुपर्ने बताए ।सस्थाले आज आयोजना गरेको बित्तिय साक्षरता तथा शेयर शिक्षा कार्यक्रममा सस्थामा आबद ३०० जनाकाे सहभागीता रहेको छ। बिभिन्न प्रशिक्षकदारा प्रशिक्षण दिने कार्यकारी प्रमुख दिपक केसीले बताउनुभएको छ ।

कार्यक्रम सहकारीका अध्यक्ष माेतिराज शर्माकाे अध्यक्षता कार्यकारी प्रमुख दिपक केसीको सञ्चालन लेखा सयाेजक शारदा खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शेयर सदस्य सस्थाका पदाधिकारी सञ्चारकर्मि लगायतको सहभागीता रहेको थियो ।बिगत ८ महिना अगाडि सन्धिर्खकमा स्थापना भएको सहकारी बिभिन्न बाधा अबराेधका बिचमा काम गदै आएको छ।

अन्य समाचारहरु