राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको जिल्ला सम्मेलन ०८० बैशाख ८र ९ गते हुने ।

 

– अर्घाखाँची डट्कम सम्बाददाता।

अर्घाखाँची :राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौं जिल्ला सम्मेलन २०८० बैषाख ८ र ९ गते हुने भएको छ । जनमोर्चा अर्घाखाँचीले आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरि उक्त कुरा जनाएको हो ।

No description available.

“गणतन्त्र र राष्ट्रियताको रक्षा संघियता खारेजिको हाम्रो आन्दोलन , वातावरणिय सन्तुलन संगै समुन्नत अर्घाखाँचीको लागि ५ औं जिल्ला सम्मेलन ” भन्ने मुलनाराका साथ जिल्ला सम्मेलन गर्न लागिएको जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।

No description available.

जनमोर्चा अर्घाखाँचीले पत्रकार सम्मेलन संगै प्रेस बिज्ञप्ती जारी गर्दै जिल्लामा ब्याप्त अनियमितता र भ्रष्टाचारको बिरुद्दमा पहलकद्मी लिन सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराएको छ । बिज्ञप्तिमा लेखिएको छ ” जिल्लामा बढिरहेको वातावरणिय असन्तुलनले जिल्लाका पर्यटकिय , धार्मिक , एतिहासिक ,सांस्कृतिक क्षेत्रमा ठूलो समस्या भएको छ ।

No description available.

जिल्लामा हुने बिकास निर्माणका काममा अनियमितता , गुणस्तरहिन , अपारदर्शि कामहरु भैरहेका छन । सम्बन्धित उचित ध्यान नपुगेको अवस्था छ, त्यसको समाधानको लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौ ” ।

No description available.

जन्मोर्चा अर्घाखाँचीले सम्मेलन सफल पार्न थम्मन केसिको संयोजकत्वमा मुल ब्यबस्थापन समिती गठन गरेको छ । भने थम्मन केसिकै संयोजकत्वमा ११५ सदस्यिय सम्मेलन तयारी समिती , बाबुराम पन्थिको संयोजकत्वमा प्रचारप्रसार समिती , गठन गरेको छ ।

No description available.

जन्मोर्चाले फागुन १८ सम्म सम्पुर्ण पालिका बैठक सम्पन्न गर्दै फागुन मसान्त सम्म वार्ड स्तरका बैठकहरु पनि सकेर चैत १२ सम्म पालिका र वार्ड स्तरिय सम्मेलन सक्ने कार्यतालिका समेत प्रकाशित गरेको छ ।

गोपाल पौडेलको अध्यक्षतामा कार्यक्रमको  संचालन बाबुराम पन्थिले गरेका थिए।

अन्य समाचारहरु