भुमिकास्थान : नगरभित्रका विभिन्न पसलहरुमा अनुगमन

 

-कृष्ण परियार , सन्धिखर्क ।

फागुन १६ ,सन्धिखर्क । भुमिकास्थान नगरपालिका अर्घाखाँचीले नगरभित्रका विभिन्न पसलहरुमा सोमबार अनुगमन गरेको छ । नगरपालिका भित्र संचालनमा रहेका विभिन्न  पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद पोख्रेलले जानकारी दिए ।

भुमिकास्थान नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगर भित्र संचालनमा रहेका पसलहरुमा अनुगमन गरिएको उनको भनाई छ । नगरपालिकाको वडा नम्बर ६-को दुर्वाङ्ग, खमारीवास र ७ को चिदिचौरमा क्षेत्रमा रहेका विभिन्न पसलहरुमा गरिएको अनुगमनको क्रममा केही पसलहरुलाई लिखित निर्देशन दिइएको छ ।

No description available.

संचालनमा रहेका पसलहरुमा मुल्यसुचि र पसलको साईनवोर्ड समेत नराखिएकोले राख्नको लागी लिखित रुपमा निर्देशन दिइएको बजार अनुगमन संयोजक,शाखा अधिकृत शंकर अधिकारीले बताए ।

अनुगमनको क्रममा म्याद गुज्रिएका विभिन्न सामानहरु बरामत गरिएको छ । जसअनुसार चुरोट, सुर्ति, भोला , लगायतका विभिन्न खाद्य बस्तु रहेका छन् ।

अनुगमनमा संयोजक शंकर अधिकारी,जिल्ला प्रशासनका प्रतिनिधि दिपक खनाल, राजस्व शाखा प्रमुख सुनिल पोखे्रल, पत्रकार कृष्ण परियार,रोजगार संयोजक पुष्कर मिश्र,खिल्जी प्रहरी चौकीका इन्चार्ज ,राम मिलन चौधरी , वडा नम्बर ६ का वडा सचीव डेगेन्द्र विष्ट लगाएको सहभागिता रहेको थियो ।

पछिल्लो समयमा आकाशियको महङ्गी नियन्त्रण तथा म्याद गुज्रिएका समानहरु उपभोक्ताले प्रयोग गर्नु नपरोस भन्ने उदेश्यले बजार अनुगमन गरिएको हो ।

 

अन्य समाचारहरु