-अनिल नेपाली , अर्घाखाची डट्कम।
अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा भएको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भूमिकास्थान नगरपालिकाले जितेको छ ।
११ स्वर्ण अंकसहित भुमिकास्थानले शिल्ड जित्न सफल हुदाँ ९अंक ल्याई सन्धिखर्कले द्धितिय स्थान भएको छ । ६ स्वर्ण अंक सहित शितगंगा नगरपालिका तृतिय भएको छ ।
६ वटै स्थानिय पालिबाट सहभागी भएतापनि प्रथम, द्धितिय र तृतिय तिन नगरपालिकाले हात पारेका छन् । भलिवल खेलमा फर्जी खेलाडी विवादले प्रतियोगिता करिव दुई दिन अवरुद्द भएको खेल आज सकिएको हो ।
फर्जी खेलाडी मिसाएको पुष्टि भएपछि ११ अंक सहित भूमिकास्थान भलिवल खेलबाट बाहिरिए पनि १७ पदक भुमिकास्थानले जित्दै प्रथम बनेको हो ।
सन्धिखर्कका तिन पदक खोसिएकोमा ८०० मिटर दौड र १५ सय मिटर दौड गरि दुई खेलमा दोस्रो भएको शितगंगाको खातामा जाँदा शितगंगाले यी दुई सहित ६ अंक प्राप्त गरेको छ ।
जिल्लामा उत्कृष्ट भएका खेलाडीहरु प्रदेश स्तरीय रनिङशिल्डमा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीले जनाएकोछ ।