एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी शासन व्यवस्था पूर्ण रूपमा फेल भएको बताएका छन् ।
नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै मोदीले अहिले विश्वभर नै गहिरो मतभेद रहेको तर्क गरे । देशहरू विभाजनभन्दा पनि एकतामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।
पछिल्ला केही वर्षदेखि विश्वले अर्थतन्त्रको संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धजस्ता चुनौतीको सामना गरिरहेको भन्दै उनले यसबाट स्पष्ट रूपमा विश्वाव्यापी रूपमा सुशासन असफल भएको देखाउँने टिप्पणी गरे ।
उनले विश्वका विभिन्न मुद्दामा फरकफरक दृष्टिकोण र मदभेद भएपनि अग्रणी अर्थव्यवस्था भएका जी–२० का मुलुकले अन्य देशको अवस्थाबारे पनि चासो राख्नुपर्ने बताए । जारी बैठकमा युक्रेन युद्धले सबैभन्दा बढी प्राथमिकता पाएको छ । भारतले नचाहेपनि पश्चिमा राष्ट्रहरूले युक्रेन युद्धलाई प्राथमिकतामा राखेका हुन् ।