हार्दिक निमन्त्रणा । हार्दिक निमन्त्रणा।। हार्दिक निमन्त्रणा।।।
-अस्लम अली छत्रदेव, अर्घाखाची डट्कम।
अर्घाखाची । छत्रदेव गाउपालिका बल्कोटमा रहेको श्री महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालयले आफ्नो हिरक महोत्सव विभिन्न कार्यक्रम गर्दै मनाउन आबस्यक पुर्व तैयारीमा जुटेको छ । सो अबसरमा बि.स. २०२० मा स्थापना भएको यो बिधालयलाई छत्रदेवको शैक्षिक धरोहरका रुपमा लिने गरिन्छ । उक्त बिद्यालयले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउन लागेको बिद्यालय प्रशासनले जनाएको छ । बिधालयले हिरक महोत्सवका अबसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ ।
जसअनुसार २०८० बैशाख १४ गते दिप प्रज्ज्लन कार्यक्रम , १५ गते सरस्वती पुजा , १६ देखि १८ गते सम्म अन्तर बिधालय स्तरिय हाजिर जबाफ प्रतियोगिता , विभिन्न बिधामा , खेलकुद प्रतियोगिता , लोक साहित्य प्रतियोगिता , १९ गते पुर्ब विद्यार्थी र विशिष्ट ब्यक्तित्वहरु सङ्ग अन्तरक्रिया कार्यक्रम र अन्तिम दिन बैशाख २० गते हिरक महोत्सव मुल समारोह उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
बिद्यालयले हिरक स्तम्भ निर्माण , हिरक मंच निर्माण र पुर्व शिक्षक कर्मचारी र चन्दादाता सम्मान जस्ता कार्यक्रमहरु सहित समग्र, हिरक महोत्सव सफल पार्न सम्पुर्ण काठमाडौमा पुर्ब शिक्षक , पुर्ब विद्यार्थी , बिधालय ब्यबस्थापन समिती संचालक समिती सहित , अभिभावक , सरोकारवाला सम्पुर्ण संग मिति २०८९/११/२७ गते काठमाडौ रामशाह पथ पुतली सडकमा रहेको पध्मोदय माध्यमिक बिधालयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।उक्त कार्यक्रममा सहभागी हुनु हुन सरोकारवाला सबैलाई अनुरोध गरेको छ।
तसर्थ महेन्द्र विद्यावोध मा.वि.बल्कोटको हिरक महोत्सवको सन्दर्भमा यही २०७९-११-२७ गते शनिबारका दिन काठमाडौंमा रहनुभएका महानुभावहरुसंग अन्तर्क्रिया कार्यक्रम राखिएकोले यसै सूचनालाई आधारमानि उपस्थितिको लागी हार्दिक अनुरोध छ।
स्थान : पद्मोदय माध्यमिक विद्यालय,
रामशाह पथ, पुतली सडक, काठमाडौँ
समय : बिहान ११ बजे