– लक्ष्मी खनाल / हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँची । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा लाई तोडदै अर्घाखाँचीमा एक छोरीले आमाको काजकिरिया गरेकी छिन् ।
सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी पुरानो बसपार्क निवासी डिल बहादुर गुरुङकि छोरी बसन्ता गुरुङले आफ्नो आमा ७३ वर्षीय प्रेमकला गुरुङको काजकिरिया गरेकी हुन । उनको उपचारको क्रममा फागुन ११ गते निधन भएको थियो ।
हिन्दुहरूको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको पाइए पनी पण्डितले बस्न मिल्छ अन्त पनि बसेका छन् ।
आफ्नो बुबाको किरिया आफैँ बस्दा झन् राम्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको बताइन् ।देवघाटमै पुगेर आमालाई दागबत्ती दिएकी थिइन् । हामी दुई बहिनी छौं । जेठो दिदी को श्रीमान विदेश हुनुन्छ उहाँ किरिया पछि बस्नु हुन्छ ।
आमाको हेरचाह गर्न सक्ने हामी आमाको संस्कार पनि त गर्न सक्छौँ । समाजमा छोरीले मलामी जानुहुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो उनले भनिन् । समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेको भन्दै साहसलाई सामाजिक सञ्जालमा धेरैले प्रसंशा गरेका छन् ।