युक्रेनको बाख्मुत शहरमा भीषण सडक संघर्ष

spot_img

 

एजेन्सी । युक्रेनको पूर्वीशहर बाख्मुतमा भीषण सडक संघर्ष चलिरहेको छ ।

बाख्मुतलाई कब्जामा लिन रुसी सेना सडक संघर्षमै उत्रिएपछि युक्रेनी सेनाले शहरलाई रुसी कब्जामा जानबाट जोगाउने अन्तिम प्रयास गरिरहेको हाे । खण्डहर बनेको शहरमा अहिले पनि करिब ४ हजार मानिस बसिरहेको बताइएको छ ।

युद्ध अघि सोही शहरको जनसंख्या ७५ हजार रहेको थियो । बाख्मुतका उपप्रमुख ओलेक्ज्याण्डर मार्चेन्कोले शहर अहिले पनि पूर्ण रुपमा रुसी कब्जामा नगएको दावी गर्नुभएको छ ।

रुसी सेनाले शहरलाई ३ तिरबाट घेरा हालेको र एउटा मात्रै मार्ग युक्रेनी सेनाका लागि खुला छाडिदिएको छ । शहरमा कुनै पनि संचार सम्पर्क हुने अवस्था नरहेकाले यथार्थ जानकारी पनि प्राप्त नभएको उपप्रमुख मार्चेन्कोको भनाइ छ ।