टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

spot_img

 

काठमाडौँ – विश्वकप क्रिकेट लिग- २ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा केही समय पछि सुरु हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय लिएका हुन्।

नेपालले आजको खेलमा टिममा घाइते ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ। प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए। नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन।

अन्तिम ५ खेल बाँकी रहँदा नेपाल र युएइ दुवैलाई शीर्ष तीनमा पुग्नका लागि सबै खेलमा जित अनिवार्य बनेको छ।

आइतबार युएई पपुवा न्युगिनिसँग पराजित भएसँगै उसका लागि आज नेपालविरुद्ध हुने खेलसँगै टियू मैदानमा हुने बाँकी ४ खेलपनि जित्नु पर्नेछ। नेपाललाई पनि युएईलाई आज उसकै मैदानमा पराजित गर्दै घरेलु सिरिज पनि क्लिन स्वीप गर्नु पर्ने चुनौती रहेको छ।

नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने।