लैंङ्गिक हिंसाको अन्त्यका लागी सरोकारवाला निकाय एकजुट हुनु अहिलेको आबश्यकता

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकिय अधिकृत नुमलाल पन्थीले लैंङ्गिक हिंसाको अन्त्य गर्नका लागी सरोकारवाला निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित गर्भपतन अपराध नभई अधिकार भएको बताउनु भएको छ ।

समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको आयोजना र आईपास नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा मन्तब्य राख्दै पन्थीले यस्तो बतनउनु भएकाे हाे ।

No description available.

कार्यक्रममा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण आदर्श अधिकारीले, जलवायु परिर्वतनले पारेको असर तथा रोकथामका उपाय सम्बन्धी खेमराज खनाल र लैंगिंक हिंसा सम्बन्धी प्रजनन र स्वास्थ्यमा पारेको असर सम्बन्धी प्रस्तुति बाबुराम पौडेलले गर्नुभएको थियो ।

अन्तरपाटी महिला सञ्जालका अध्यक्ष ईश्वरा पोख्रेल, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको कार्यक्रम समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुहका अध्यक्ष लक्ष्मण भट्टराईको अध्यक्षता, कार्यकारी निर्देशक लक्ष्मी अधिकारी पौडेलले कार्यक्रमको उद्देश्य सहित स्वागत गरेको कार्यक्रमको संस्थाका लेखापाल मञ्जु भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु