सफलताको कथा : खांचिकोटका चिरञ्जीवी पौडेल एकै बर्ष भित्र ५ वटा आयोगमा नाम निकाल्न सफल

 

– अर्घाखाची डट्कम सम्बाददाता। 

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं.७ खाँचिकोटमा जन्मिएका चिरञ्जीवी पौडेल मिहिनेत गर्ने, असफलता सँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने ब्यक्ती भित्र पर्दछन । जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो ।

No description available.

प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने मान्यताका बिच निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेका पौडेल लोकसेवा आयोगले लिने परीक्षामा लगातर पाच वटा सफलता हात पारेका छन ।

No description available.

अर्घाखाँचीका पौडेलले एकै वर्षमा ५ ओटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

No description available.

उनले नायब सुब्बा पदमा जिल्ला प्रशासन कार्यलय नवलपरासीमा रास्ट्रसेवकको रुपमा सरकारी सेवामा काम गर्ने निधो गरेका छन्।

No description available.

उनले नाम निकालेका परीक्षाहरु: १. संघीय खरिदार शिफारिस २०७९ असौज २. कर्णाली प्रदेस लोकसेवा आयोगबाट पाँचौ तह लेखापाल सिफारिस  २०७९ मंसिर ३. संघीय नायब सुब्बा सिफारिश २०७९ फागुन ४.अर्घाखाँची जिल्लाबाट शिक्षकसेवा आयोगको प्राथमिक तहमा शिफारिस २०७९ फागुन यसका साथै उनी २०७९ सालमै प्रदेस निजामती सेवा को पाचौं तहमा अस्थायी सुची र २०७६ सालमा बुटवलबाट खरिदारमा बैकल्पिक परेको समेत तितो अनुभव सङालेका उनी एक होनहार र अध्य्यनमा निरन्तरता ,लगनशीलता र अथक मेहनत ,आत्मबिस्वाश र लक्ष्य  प्राप्ती गर्ने दृढ संकल्पले गर्दा यो सफलता  प्राप्त गर्न सकेका हुन ।

उनलाई हार्दिक बधाई तथा थप प्रगतिको शुभकामना

अन्य समाचारहरु