– अर्घाखाची डट्कम सम्बाददाता ।
शितगंगा १३ को छेडामा समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप लैंगिक , जातिय तथा सामाजिक हिंसा न्यूनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सितगंगा नगरपालिका वडा नं १३ र १४ को सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रहरी सँग मनका कुरा भन्ने मुल नाराका साथ जिल्लामा सक्रिय महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि , पत्रकार ,विद्यार्थी शिक्षक , स्थानिय बासिन्दाहरु लगायत झन्डै ५०० जनाको उपस्थितीमा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी हुने अपराधहरु, लैङ्गिक हिंसा, घरेलु हिंसाको अवस्था, सामाजिक हिंसा,जातिय विभेदलाई रोकथाम गर्ने प्रभावकारी उपायहरुका बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।