-गोपाल प्रसाद भट्टराई , अर्घाखाची डट्कम।
भुमिकास्थान – “कृषि ,पर्यटन ,उद्योगको विकास र स्वरोजगार, शिक्षा,स्वास्थ्य,पर्यवरण समृद्व भुमिकास्थानको आधार ” को नारालाई सार्थकता पार्दै बस्न,भन्न,हेर्न र गर्व गर्न लायक नगरपालिका बनाउने प्रण गर्दै आवधिक नगर विकास सम्बन्धि भुमिकास्थान नगरपालिकाको ३ दिने कार्यशाला सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले उदघाटन गर्नुभएको गोष्ठीमा नगरप्रमुख झविलाल थापा,उप-प्रमुख बालकृष्ण बन्जाडे,नगर प्रवक्ता बाबुराम पन्थी सहित
सबै कर्मचारी,प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल सहित सबै कर्मचारी,नेता सागर के.सी.सहित भुमिकास्थानमा सक्रिय राजनीतिक दलका प्रमुख तथा
प्रतिनिधि,पत्रकार महासंघका सह-सचीव हृदय कुमार भुसाल सहित क्रियाशिल पत्रकार,शिक्षक प्रतिनिधि,वित्तीय क्षेत्रका प्रतिनिधि र अन्य सरोकारवाला निकायका प्रतिनिधिको सक्रिय सहभागीता रहेको थियो ।
लुम्बिनी प्रदेश शु-शासन केन्द्र बाकेको वित्तीय सहयोग,अलाना इन्टरनेशनल सर्भिसेस प्रा.ली.काठमाडौको प्रविधिक सहयोगमा निर्माण हुने आवधिक योजना निर्माणको
पुर्वसन्ध्यामा गरिएको गोष्ठीको समापन समारोह योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालको स्वागत मन्तव्य र कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओशनको सन्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा अलानाको तर्फबाट बि.के. महर्जन र मन्डुबाबु अधिकारीले सहजीकरण गर्नुभएको थियोे ।
थप तस्बिर :