– अनिल नेपाली ,अर्घाखाँची डट्कम।
कृषिमा यन्त्रीकरण भएपछि अर्घाखाँचीमा बाली उत्पादन बढेको छ। परम्परागत रूपमा जोत्दै आएको खेतबारीमा आधुनिक यन्त्र प्रयोग गर्दा कम लागतमा उत्पादन बढेको किसानको भनाइ छ।
किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यन्त्रीकरणतर्फ किसानको आकर्षण बढ्दो छ।
जिल्लाकाे सन्धिर्खक नगरपालिका वडा न २ कुरका बिक्रम नेपालीले अगुवा कृषकले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरुले जोत्न’ छोडेका बताउदै उहाँले अहिले खेतबारी जोत्न गोरुको ठाउँमा (हाते ट्क्याक्टर ) प्रयोग गर्छन्।
‘कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर हाते ट्क्याटर किनेको हुँ’, उनले भने, ‘गोरु पाल्नका लागि घरका अरू सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ। हाते ट्क्याक्टर किनेपछि काम छिटोछरितो भएको छ।’हाते ट्रयाक्टर प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको कृषकको भनाइ छ।
कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उनी बताउँछन्। कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ। पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ। गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ।