विकास ,समृद्धि र सुशासन राेजगार सरकारकाे प्राथमिकता नेता विक (तस्बिर सहित)

 

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

-अनिल नेपाली, अर्घाखाँची ।

बागी – मालारानी गाउँ पालिका वाड नं. ५ (साविक बागी) निवासी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ), का संगठित सदस्य स्थानीय नेता देव बहादुर ताम्राकारकाे यही मिति २०७९/११/१९ गतेका दिन ६२ बर्षकाे उमेरमा भएको दुःखद निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) मालारानी ५ वडा समितिकाे आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक ले सघिय लाेकतान्त्रिक गणतन्त्र निर्माणकाे अभियानमा र अर्घाखाँचीकाे यस क्षेत्रमा खेलेको भूमिका प्रति उहाँको चर्चा गर्नुभयो । उहाँको निधनले पार्टीलाई क्षेती भए ता पनि घर परिवारमा पार्टीले अभिभावकत्वकाेे भूमिका निर्भाह गर्ने बताउनु भयो ।

No description available.

उक्त कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा १नं. निर्वाचन क्षेत्रिय समन्वय समितिकाे ईन्चार्ज धर्मराज भुसाल , प्रदेश जेष्ठ कम्युनिस्ट मञ्च का सदस्य बल बहादुर पाण्डे , गाउँ पालिका समितिका सदस्यहरु वाड कमिटीका अध्यक्ष लगाएतका पदधिकारी एवम् सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

No description available.

स्वर्गीय देव बहादुर ताम्राकार काे जीवन संगिनी पार्वता ताम्राकार छाेरा छाेरी क्रमशः तेजबहादुर ताम्रकार,प्रकाश ताम्राकार , शान्त , कमला, सिता ,शारदा र दुई बुहारी रहेका छन।

No description available.

अन्य समाचारहरु