काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर्चा सरकारमा नजाने भएको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सरकारमा सहभागी हुनु नपर्ने अध्यक्ष चित्रबहादुर केसीले बताएका छन।
‘सरकार बनाउनका लागि विश्वासको मत दिएर समर्थन गरेका हौं । तर, समर्थन गर्दैमा सरकारमा जानुपर्छ भन्ने छैन । हामी जादैनौँ ।’