व्यवसायीका समस्याप्रति जिम्मेबार र प्रतिबद्ध छौ – अध्यक्ष प्रदीप मिश्र

-अनिल नेपाली , अर्घाखाँची डट्कम।

अर्घाखाँची  –  २०४० साल फागुन १६ गते साविक अर्घाखाँची जिल्लाको हन्सपुर गाविसमा जन्मनुभएका प्रदीप मिश्रले विभिन्न संघ सस्थाको नेतृत्व गदै आउनु भएको छ । २०६७ सालमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १ हललाईनमा मिश्र सप्लायर्स नामक पसल खोली व्यबसायमा दक्षता र नम्रताका साथ जिल्लाबासीलाई सेबा दिई उधोगीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनु भएका मिश्रले उधोग बाणिज्य संघको एक कार्यकाल महासचिबको जिम्मेबारी समाली सक्नु भएको छ  ।

No description available.

हालै सम्पन्न निर्बाचनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको छ । निर्वाचित अध्यक्ष मिश्रसँग जिल्लाका उधोगी व्यबसायीका समस्या अबको उधोग बाणिज्य संघ कस्तो रहने लगायतका विषयबस्तुलाई लिएर अर्घाखाँची डटकम सवाददाता अनिल नेपालीले तयार पारेको  सार सन्क्षेपमा गतिविधि :

१) तपाईं भर्खरै मात्र उधोग बाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्माल्नु भएको छ यो जिम्मेवारीलाई कसरी लिनु भएको छ ?

मलाई सर्वप्रथम महत्वपुर्ण जिम्मेबारी दिलाउनको लागि प्रयास गर्नु भएका जिल्लाका उधोगी व्यबसायी सम्पूर्णमा हार्दिक धन्यबाद दिन चाहान्छु । यो जिम्मेबारीलाई सफलतामा पु¥याउनका लागि निरन्तर रुपमा लागिरहने छु र लागिरहेको छु । अहिले देशमा कोभिड पश्चात् जिल्लामा अर्थतन्त्र कमजोर भएको अबस्थामा प्रत्यक्ष रुपमा जिल्लाका सम्पूर्ण उधोग व्यबसायहरु उत्पादन र विक्रीमा कम्तीमा ६५  प्रतिशत गिराबट आएको छ ।

बैक तथा वित्तिय सस्थाहरुले बढाएको व्याजदरका कारण व्यबसायीहरु बैक तथा वित्तिय सस्थाहरुको चपेटामा परेर समयमै साबा र व्याज भुक्तानी गर्न नसकेको कारण आत्महत्या गनुपर्ने अबस्थामा पुगेका छन् ।

यस अबस्थालाई सहजीकरण गर्नको निम्ति व्यबसायीहरुलाई माथि उठाउनका निम्ति अर्घाखाँची उधोग बाणिज्य संघले विभिन्न बैक तथा वित्तिय सस्थाहरु र सरोकारवाला निकायहरु सँग छलफल गर्ने समय समयमै ज्ञापनपत्र बुझाउनुको साथै विभिन्न खालका संघर्षका कार्यक्रम आयोजना गरेर उधोगी व्यबसायीको हकहितको निम्ति अर्घाखाँची उधोग बाणिज्य संघ प्रभाबकारी कार्यक्रम सहित अगाडि बढेको छ। व्यबसायीका समस्या प्रति अर्घाखाँची उधोग बाणिज्य संघ जहिले पनि कटिबद्ध छ रहने प्रतिबद्धता सहित अगाडि बढ्छ ।

२) तपाई अध्यक्षमा निर्वाचित भएपछि उधोगीको हकहितको लागि के गर्नुभयो ?
म अध्यक्षमा निर्वाचित भएपछि खासगरी उधोगीको माग अनुसार जिल्लामा करदाता शिक्षा कार्यक्रम प्रभाबकारी रुपमा अगाडि बढाउनुको साथै बजार व्यबस्थापन बजारमा एकरुपता मुल्य समायोजन उपमोक्ताको हकहितको निम्ति विभिन्न खालका जनचेतनामूलक कार्यक्रम कार्यालय व्यबस्थापन र स्तरउन्नतिको लागि विभिन्न कार्ययोजना सहित अगाडि बढेको छु ।

३) उधोग बाणिज्य संघ र अन्य निजि क्षेत्रका संघसस्था बिच के फरक छ ?
उधोग बाणिज्य संघ र अन्य निजि क्षेत्रका संघ सस्थाका बीचमा उस्तै उस्तै देखिएको भएतापनि जिल्लामा असहजतालाई सहजता प्रदान गर्ने गरी र अभिभाबकीय भुमिका निर्वाह गर्ने गरी विभिन्न संघ सस्थाको सहकार्यमा अगाडि बढेका छौ । यसले गर्दा जिल्लाका उधोगी व्यबसायीले कुन सस्थाले हाम्रो पक्षमा हित गर्छ, गदैन भनेर चिन्नुभएको छ । आफै गोलबन्द हुनु भएको छ । सस्था जन्माउनु भन्दा सस्थालाई संरक्षण गर्नु र अभिभाबकीय भुमिका निर्वाह गर्ने संघ सस्थाको रुपमा जिल्लाका व्यबसायीले उधोग बाणिज्य संघलाई चिन्नुभएको छ ।

४) महंगीका कारण अहिले सर्वसाधारणको दैनिकी नै सकसपूर्ण बनेको छ। यो अवस्था खास गरी कसरी आयो?
अहिले हाम्रो मुलुकमा मात्र नभएर विश्वभरि नै महंगी बढेको छ। यस्तो अवस्था आउनुको प्रमुख कारण कोभिड र अस्थिर सरकार नै हो। महामारीका कारण अर्थतन्त्रको चेन टुटेको अवस्था थियो। बल्ल तंग्रिएर अर्थतन्त्र चलायमान हुन थालेको बेला अन्तरराष्ट्रिय राष्ट्रिय स्तरमा हलचल चल्यो। त्यसले विश्वभरि उपभोग्य बस्तुको मूल्य आकासियो। विषेसगरी पेट्रोलियम पदार्थको मूल्य महंगिएको छ। पेट्रोलियम पदार्थको भाउ बढ्दा अन्य बस्तु पनि महंगो हुन्छ।

पेट्रोलियम पदार्थको विकल्प दिने हो ,भने मात्र महंगी नियन्त्रण हुनसक्छ। विद्युतको उत्पादन बढाएर पेट्रोलियम विकल्प दिन सकिन्छ। अहिले हाम्रो देशमा प्रशस्त मात्रमा विद्युत् उत्पादन भएको छ। पुग्दोसम्म देशलाई राखेर निर्यात गर्न सकिन्छ। नेपाल कृषिप्रधान देश भएर पनि बर्षेनी अर्बभन्दा माथिको खाद्यान्न आयात गरिरहेका छौं।

May be an image of 1 person, standing and outdoors

हामी कृषिमा आत्मनिर्भर बन्नुपर्छ। यसका साथै हामीसँग भएको श्रोत र साधन जे छ, त्यसलाई प्रयोग गरेर आयात घाटा कम गर्न सकिन्छ। जस्तो, प्राकृतिक श्रोत, जडीबुटीलगायत विभिन्न वस्तु प्रशोधन गरेर निर्यात गर्ने, कच्चा पदार्थमा नयाँ किसिमका उद्यममा जोड दिने गरेर मुलुकलाई आत्मनिर्भरतर्फ लैजान आवश्यक छ।

५) देशलाई आर्थिक पुनर्उत्थानतर्फ लैजान उधोग बाणिज्य संघको भूमिका कस्तो छ?
उधोग बाणिज्य सघ भनेको देशको उद्यम व्यवसायमा सहयोगी भूमिका खेल्ने संस्था हो। अहिले विचौलियाको कारण बढेको महंगी नियन्त्रणका लागि उधोग बाणिज्य संघले जनस्तरमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको छ।

हामीले स्थानीय उधोगी व्यबसायीलाई प्रोत्साह गरी बजारसम्म ल्याउन र विचौलियारहित बनाउन जरुरी छ। त्यसकारण अब उधोग बाणिज्य संघको सेवा विस्तार गर्ने योजना बनाएका छौ ,व्यबसायीका समस्या प्रति प्रतिबद्ध छौ ।

६) विभिन्न बाहनामा व्यबसायीहरु दोहोरो कर तिनुपरेको छ । त्यसलाई न्युनिकरण गर्नको लागि तपाईको सस्थाले के भुमिका खेल्छ ?

व्यबसायीहरुको समस्या प्रति हामी जिम्मेबार रहेकै कारण दोहोर करलाई एककोहोरो कर प्रणाली बनाउनको लागि करको दायरा प्रभाबकारी र मितव्ययी बनाउनको लागि हामी छलफल र स्थानीय सरकारको साझेदारीमा श्रोत र साधनको पहिचान सहित लागेका छौ ।

७) तरलता अभावको समस्या समाधान नहुँदा व्यावसायी मारमा परेका छन्। तपाईंहरू कसरी यो समस्यासँग जुधिरहनु भएको छ ?

यो अर्घाखाँचीका उधोगी व्यबहारीको मात्र समस्या मात्र नभएर देशकै समस्या हो। जनताले पनि यसको दुःख भोगेका छन्। बैंकहरूले पैसा दिन नसक्दा बजार भाउ बढेको छ। यसलाई सुधार गर्नको लागि सर्वप्रथम सरकारमा स्थाथीत्व आबश्यक छ । तर सरकारमा आएको हलचलका कारणले मुलुकमा अर्थतन्त्रमा गिराबट आएको छ यसमा सबै सबेदनशील हुन जरुरी छ यसको लागि सरकारले ठोस र प्रभाबकारी कार्यक्रम सहित अगाडि बढ्नुपर्छ ।

No description available.

यसको लागि राज्यमा ठोस निति तथा कार्यक्रम आबश्यक छ। अहिले राज्यसँग ठोस निति कार्यक्रम नहुँदा सरकारमा रहेको अस्थििरताका कारणले देशमा अहिलेको बर्तमान अबस्था सिर्जना भएको हो ।यसलाई न्युनिकरण गर्नको लागि सबै सरोकारवाला निकाय र निजि क्षेत्र सबेदनशील र जिम्मेबार हुन आबश्यक जरुरी छ ।

८) अहिले देखिएको आर्थिक समस्यालाई तपाईंले नजिकबाट हेरिरहनुभएको छ। यसलाई सम्बोधन गर्न सरकारले कस्ता कार्यक्रम ल्याउनुपर्छ?
हामीले अहिले भइरहेका आर्थिक रुपमा भड्किला कामहरूलाई रोक्नै पर्छ। मुलुकमा विकास बजेट समयमा नखर्चिने अवस्थामा सुधार हुनुपर्छ। तरलता अभाव हटाउनेदेखि रोजगारी सिर्जना गर्नेतर्फ काम गर्नुपर्छ। विकास खर्च बढ्यो भने यसले बजारमा पैसा जान्छ।

आर्थिक संकटबाट पार पाउन केही सजिलो हुन्छ। विनियोजित विकास खर्च कति भयो भनेर हरेक तीन महिनामा अनुगमन गर्नुपर्छ। जसरी मौद्रिक नीतिको रिभ्यु हरेक तीन महिनामा हुन्छ, अब विकास खर्चका लागि पनि यस्तै अभ्यास थाल्नुपर्छ। नत्र जनताले तिरेको राजश्व असारको अन्तिममा गएर पानीमा बगाउने काम मात्र हुन्छ ।

९) अर्घाखाँचीमा उधोगको लागि विभिन्न सम्भावना हुदाहुदा हुदै उधोगको विकास हुन सकेन किन ?
अर्घाखाँची जिल्ला उधोगको क्षेत्रमा पर्यटनको क्षेत्रमा सम्भाबना बोकेको जिल्ला हुदाहुर्दै पनि चाहे अनुसार विकास हुन सकेको छैन, बनको क्षेत्रमा प्रशस्त सम्भाबना रहेको जिल्लामा अहिले १ अर्ब भन्दा माथिको काठ बर्षनि कुहिएर सडेर गएको छ । भने पर्यटन क्षेत्रको उचित ठोस हुन सकेको छैन भने देशमा अस्थिरताका कारणले गर्दा उधोगी व्यबसायीले आफ्नो क्षेत्रमा लगानी गर्न सक्नुभएको छैन ,यसले गर्दा जिल्लामा चाहेअनुसार उधोग क्षेत्रको विकास हुन सकेको छैन ।

१०ं ) जिल्लामा उधोगको विकास गर्न के गनुपर्छ?
जिल्लामा उधोगको विकास गर्नको लागि देशमा राजनितिक स्थातित्व आबश्यक छ। मुलुकमा अस्थिरता भयो भने व्यबसायीले लगानी गर्ने बातारण बर्न सक्दैन त्यसकारणले सघीय सरकारमा स्थितिरता प्रदेश र स्थानीय सरकार एक आपसमा समन्वयात्मक परिपुक ढङ्गले लागेर यसको विकास र विस्तारको लागि सबैले प्रयत्न गनुपर्छ । त्यसो गर्न सकेको खण्डमा जिल्लामा उधोगको विकास हुन्छ रोजगारी सिर्जना गर्न सकिन्छ, बेरोजगारीको अन्त्य हुन्छ । अर्थतन्त्र अनुउत्पादनमुलक क्षेत्रमा भन्दा उत्पादनमुलक क्षेत्रमा लगानीको बाताबरण बन्छ ।

११) पहिलाको उधोग बाणिज्य सघ र तपाई निर्वाचित भएपछिको उधोग बाणिज्य संघ कस्तो हुन्छ ?
पहिलाको उधोग बाणिज्य संघ पनि चलायमान र व्यबयासीको हकहित प्रति प्रतिबद्ध नै थियो ।अबको मेरो नेतृत्वमा भएको उधोग बाणिज्य संघ फरक पृथक स्मरणलायक हुन्छ। जिल्लामा अन्य संघसस्था धेरै भएपनि व्यबसायीको हक हितको लागि लड्ने सस्थाको रुपमा उधोग बाणिज्य संघलाई चिनाउछु ,पदमात्रको नाममा रहेको संघसस्था भन्दा व्यबसायीको हकहितको लागी लड्ने सस्था भनेर अन्य संघसस्थामा रहेका व्यबसायीलाई पनि एकीकृत गरेर एउटै सस्थाको रुपमा उधोग बाणिज्य संघलाई चिनाउछु ।

१२) अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा व्यबसायीलाई परेको भार र समस्याप्रति प्रतिबद्ध रहेर हाम्रो आबाजलाई जस्ताको तस्तै राख्ने अबसर दिनु भएकोमा तथा तपाईको मिडिया मार्फत प्रकाशन प्रसारण गरिदिनु भएकोमा  धेरै धन्यबाद दिदै निरन्तर सहयोगको लागि अपेक्षा र आशाबादी छु।