जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गर्नुभएकाे छ ।
उहाँले युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँग तनाव बढिरेहका बेला बेलारुसमा आणविक भण्डारण गर्ने घोषणा गर्नुभएको हो । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले लामो समयदेखि आफ्नो देशमा आणविक हतियार तैनाथीका लागि आग्रह गर्दै आएको पुटिनको दावी छ ।
राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्र बेलारुसमा आणविक हतियार भण्डारण स्थलको निर्माण पूरा भइसक्ने बताउनुभयाे । उहाँले अन्तर्राष्ट्रिय आण्विक अप्रसार सन्धिको बर्खिलाप नहुने गरी हतियार राखिने दावी गर्नुभएको छ । अमेरिकाले पनि आफ्नो गठबन्धनका देशहरुमा आणविक हतियार भण्डारण गरेको तर्क पनि उहाँले गर्नुभएको छ ।
तर बेलारुसमा राखिने आणविक हतियारको नियन्त्रण भने रुसकै हातमा हुने पनि राष्ट्रपति पुटिनले बताउनुभएको छ । रुसले यस अघि नै १० वटा आणविक हतियार बोक्ने विमान बेलारुसमा तैनाथ गरिसकेको छ ।