-अनिल नेपाली , अर्घाखाची डट्कम।
अर्घाखाँची- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले विभिन्न पाटीमा रहेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रबेश गराएको छ ।
जिल्लाकाे सितगंगा नगरपालिका ११ मौवाबारीमा विभिन्न पार्टी परित्याग गरि १४ जनालाई नेपाल कम्युनिस्ट पार्टिको सदस्यता प्रदान गरी पार्टिमा भित्र्याएको छ । नव प्रबेशीलाई नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका इन्चार्ज (माहुरी ) ले सदस्यता प्रदान गर्नु भएको थियोे ।
कार्यक्रम नेकपा जिल्ला ईन्चार्ज खेम घर्ती मगर माहुरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
कार्यक्रममा मन्तब्य राख्दै घर्तिले देशमा ससदीय व्यवस्थाले निकास दिन नसक्ने भएकोले व्यवस्था परिवर्तन नै अहिलेकाे प्रमुख आबश्यकता भएको बताउदै व्यवस्था परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए कार्यक्रममा वुद्दि सि दिल बहादुर सि लगायतकाे आतिथ्यता रहेको थियोे ।
कार्यक्रमको संचालन खेमराज सि ले गर्नु भएको थियो।
कार्यक्रममा मान बहादुर पल्लि .तारा बहादुर नेपाली कमला थापा लक्ष्मि घर्ती कुल बहादुर घर्ती कान्ता नेपाली सरला घर्ती गोमा घर्ती खुमा खनालदिपक परियार विष्णु माया
परियार मिना सोमै रोहित परियार भिम बहादुर परियार लगायतका नेता कार्यकर्ता अन्य पार्टीबाट प्रबेश गर्नु भएकाे थियोे ।
वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।