वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
सत्ता गठबन्धनका नेताहरुले भागबण्डाको विवाद मिलेको दाबी गरेकाले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको हो ।
गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्नेहरुको नाम दिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने छ ।
गृह मन्त्रालयको विषयमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवै दलको दाबी कायमै रहेको बुझिएको छ ।
बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई दुई÷दुई मन्त्रालय र अन्य साना पार्टीहरुलाई एक एक वटा मन्त्रालय दिने गरी भागबण्डा मिलेको नेताहरुको दाबी छ । कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने निक्र्यौल चाहिँ अझै भईसकेको छैन ।