अर्घाखाँची :  सन्धिखर्क ७ का २३ वर्षिय भुसाल बने पाईलट 

-घनश्याम पौडेल, अर्घाखाँची

अर्घाखाँची, २० चैत । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ गच्छेका २३ वर्षिय अमृत भुसाल पाईलट बनेका छन् ।

फिलिपिन्समा गएर अध्ययन गरेका भुसालले पाईलट बनि लाईसेन्स लिईसकेका छन् । काठमाडौंको वृहस्पती मावि नक्सालबाट एसईई उत्तिर्ण गरेका भुसालले ३.७ जिपिए ल्याएका छन् । काठमाडौंकै केएमसी कलेजमा +२ अध्ययन पछि भुसाल पाईलट बन्नका लागी फिलिपीन्स गएका थिए ।

No description available.

आफनै स्वईच्छामा पाईलट बन्ने रहर लागी अध्ययन गरेको बताए । युवराज भुसाल र धनकला भुसालका २३ वर्षिय छोरा हुन अमृत । अर्घाखाँची जिल्लामै पहिलो पाईलटको रुपमा अमृत भुसाल बनेका छन् ।

अमृत बाहेक अन्य व्यक्ती अध्ययन गर्दै गरेको रहेतापनि ६१ वटै वडामा बुझदा पाईलट नै बनेको यो समाचार तयार पार्दासम्म पाईएको छैन ।