-अर्घाखाची डट्कम , सम्बाददाता।
खांचिकोटको आदर्श मा बि का पुर्व शिक्षक गणेश थापाले बिपक्षीहरुले खांचिकोट क्षेत्रमा मनपरी गर्न नपाउने त्राशमा आफ्नो सामाजिक र राजनीतिक भबिस्य बिगार्न षड्यन्त्र रचिएको आरोप लगाएका छन । उनले समितिको खानेपानी उपभोक्ता समितिको नाममा बैंकमा निक्षेपमा राखिएको रकमलाइ अपचलन गरेको भनी आधारहिन र तथ्य हिन मुद्दा उठाइ आफू बिरुद्द अख्तियार कार्यालयमा बिशुद्द राजनितिक पुर्वाग्रहको कारण उजुरी परेको बताएका छन ।
खांचिकोटमा अबैध ढुङ्गा गिटि, बालुवा ,चुन ढुङ्गा उत्खननको शसक्त प्रतिवाद गर्ने ,आफुहरुको योजना तहस नहस गर्न उक्त प्रपन्च रचिएको उनले अर्घाखाँची डटकमलाइ बताएका छन ।
थापाले आफू निर्दोश रहेको प्रमाणित हुने दावी गर्दै बिरुद्द परेको उजुरी उपर छानबिन गर्न कुनै बाधा अबरोध नपुराउने पनि बताएका छन । उनिमाथि परेका उजुरी सम्बन्धमा बुज्ने सामान्य जिज्ञासा राख्दा आफु जुन जुन बिषयमा उजुरी परेको छ, ती सबै निराधार रहेको पनि दावी गरेका छन ।
थापा आफू देउरालि मन्दिर समितिको सामान्य सदस्य मात्र रहेको र एक सदस्यलाई मात्र डिपि आर गर्ने जिम्मेवारी नहुने त्यसमा समग्र समितिको समान भुमिका हुने हुदा डि पि आर नभएको बिषयमा एउटालाइ मात्र आरोपित गर्नु जायज नभएको बताए ।
यस्तै स्कुलको भवन निर्माणको बेला पनि आफु सामान्य शिक्षक मात्र रहेको हुदा सबै कार्य सर्वपक्षीय सहमतिमा गरेका कार्यहरुलाइ अतिरन्जित गरिएको उनको आरोप छ ।सरकारी छानविन र उजुरिका पनि निश्चित गोपनियता र मापदण्ड समेत भुलेर बिपक्षिहरुबाट सरकारी कागजपत्र सम्बन्धी गोपनियता चुहाउनेलाइ पनि कामकारबाहीको दायरामा ल्याउनुपर्ने थापाको भनाइ छ ।
उनी बिरुद्द अख्तियारको बुटवल कार्यालयमा परेको उजुरि उपर आबस्यक छानविन गर्न भनी अख्तियार बुटवल कार्यालयले सन्धिखर्क नगरपालिकालाइ लेखेको पत्र बाहिरिएको थियो ।
वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।