-केशबराज ज्ञवाली,अर्घाखाची डट्कम।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेलले सेवाग्राहिले सेवा प्राप्त गर्दा कर्मचारी कुन संगठनको हो भन्ने महसुस हुन नदिन जोड दिएका छन ।
कर्मचारीहरुले सेवा दिदा कुनै पुर्वाग्रह र सांगठनिक तथा राजनितिक चरित्र प्रदर्शन गर्न नहुने उनको तर्क छ ।
नेपाल निजामती कर्मचारी युनियनले अर्घाखाँचीले आज नरपानीमा आयोजना गरेको २०८० सालको भित्ते पात्रो बिमोचन तथा मित्र मिलन कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले सरकारले प्रस्तुत गरेको संघिय निजामती ऐनमा संशोधन हुनुपर्ने बताए ।
प्रस्ताबित ऐनको मस्यौदामा तत्काल संशोधन गरि पालिकाका प्रमुख प्रशासकिय अधिकृत र प्रदेश सचिवहरुको सरुवा बढुवा संघ बाटनै हुने पर्नेमा आफुहरुको जोडदार माग रहेको बताए । सोही कार्यक्रममा पोख्रेलले निजामती कर्मचारीहरुले जनताको काममा भेदभाव र कुनै ढिलासुस्ती नगरी सेवाप्रवाह चुस्त दुरुस्त पार्नु पर्नेमा पनि जोड दिएका हुन ।
युनियन अर्घाखाँचीको आयोजनामा मित्रमिलन कार्यक्रम सहित बनभोज कार्यक्रम पनि सम्पन्न भएको हो । युनियनले आज नरपानी स्थित बि पि स्मृति पार्कमा विशेष कार्यक्रम सहित बनभोज आयोजना गरि शुभकामना कार्यक्रम र भित्ते पात्रो बिमोचन गरेको हो ।
आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने उदेस्यले नरपानीमा गएर कार्यक्रम गरिएको युनियन अर्घाखाँची शाखाले जनाएको छ ।कार्यक्रमा नेपाली कांग्रेसका नेता तथा पदाधिकारी हरु , युनियन कर्मी , पत्रकार महासघं अर्घाखाँचीका अध्यक्ष अशोक खनाल सहित सक्रिय पत्रकारहरु लगायतको उपस्थिती थियो ।