अडियो प्रकरण : आज रास्वपाले सांसद श्रेष्ठको अडियो प्रकरणकाे निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणकाे बारेमा बुधबार निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानविन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले बुधबार केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको हाे । सांसद श्रेष्ठको अडियो प्रकरणकाे बारेमा निर्णय गर्न रास्वपाले बुधबार दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

The Nepali Post : Nepal's No 1 English News Portal | English News from Nepal | Online News Portal News | Audio Of RSP MP Dhaka Kumar Shrestha Demanded Rs 2 Crore From Durga Prasai Been Released

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकबाट सांसद श्रेष्ठको अडियो प्रकरणकाे बारेमा निर्णय हुनेछ । केही दिन अघि सांसाद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । त्यसकाे बारेमा छानविन गर्नका लागि रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।