-केशब घिमिरे,अर्घाखाँची डट्कम ।
डिहिडाँडा, अर्घाखाँची – मलेसिया जान छाडेर पशु पालनमा लागेका डिहिडाँडाका सन्जिब भट्टराई दुध बेचेर मनग्य आम्दानी गरेका छन ।
पाँच वर्ष मलेसियामा काम गरेर घर फर्की दुई वर्ष देखी पशुपालन र खेती किसानमा लागेका उनले अहिले दुध बेचेर लाखौ रुपैया आम्दानी गर्न सफल भएका छन ।
घरमा १२ वटा भैसी र १ वटा जर्सी गाई पालेका छन । गाई र भैसीबाट उनले दैनिक ४० लिटर दुध बेच्दै आएका छन । विदेशमा जति दुख गरिन्छ, त्यती आफनो देशमा दुख गर्ने हो भने लाखौ रुपैयाँ आम्दानी गर्ने मात्र होईन नेपाल स्विजरल्याण्ड भन्दा राम्रो बन्छ, उनी भन्छन, खेती किसान गरेपनी सुन फलाउन सकिन्छ ।
कुराकै क्रममा गाई र भैसीको दुध बेचेर मासिक २५ देखी ३० हजारसम्म आम्दानी गर्न सकिएको उनले बताए । विदेश जान छाडेर उनले दुई वर्ष देखी व्यावसायिक रुपमा पशु पाल्न शुरु गरेका हुन । तरकारी खेतीबाट पनि उनले मासिक ८/ १० हजार जति आम्दानी गर्छन ।
डिहिडाँडा गाउँका अरु किसानले जम्मा गरेको दुध भट्टराईले सन्धिखर्क पुराउन्छन्। यहाँबाट दैनिक भट्टराईले दुध उठाउने भएपछि सामान्य किसानले पनि दूध बेच्न थालेका छन । घर खर्च चलाउन मुस्किल पर्ने घरमा पनि दुध बेच्न थालेपछि उनीहरुको जीवन फेरिएको छ ।
भट्टराई ले दुध बेचेको आम्दानीले राम्रोसँग परिवारमा खर्च चलाएका छन । मलेसिया मा नोकरी गर्दा केही गर्न सकिएन तर यहाँ दुध बेचेर आम्दानी हुन थालेपछि गाउँका अरु किसान पनि पशु पालन तर्फ आर्कषिर्त भएका छन । उनले पालेका भैसिले एक पटकमा ३/४ लिटर सम्म दुध दिने गर्छ ।
किसानले भैसी पाल्नको लागि माग बढदै गएको उनले बताए । दुध बचेर सामान्य किसानले आम्दानी गरेका छन । प्रतिलिटर १०० रुपैयाँमा बिक्री हुने गर्छ, उनका अनुसार गाउँमा भैसी पाल्ने अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।
विदेश जान भन्दा आफनै देशमा काम गरे लाखौ रुपैयाँ कमाउन सकिने उनले बताए । जागिर गर्ने बाहेक अरु सबैले पशु पालन र तरकारी खेती गरेका छन । डिहिडाँडा गाउँमा करिब छ सय घर छन ।
तस्विर आफै बोल्छ,
अर्घाखाँची डट्कम प्रतिनिधि केशब घिमिरेले लिएका केही तस्विर: