शिक्षामा आमूल परिवर्तन गर्नु पर्छ : मन्त्री आचार्य

-केशब पन्थी, अर्घाखाँची।

खाने पानी ग्रामीण तथा शहरी बिकास मन्त्री चेत नारायण आचार्यले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनु भएको छ । वर्तमान शिक्षा प्रणालीमा थुप्रै गल्ती कमजोरी रहेको भन्दै उहाँले बैज्ञानिक र जनवादी शिक्षा बिना सबै खाले समस्या समाधान गर्न नसकिने बताउनुभएको छ।

No description available.

नेपाल राष्ट्रिय शिक्षक संगठन द्वारा आयोजना गरिएको ४४ औ शिक्षक दिवसको अबसरमा मन्त्री आचार्यले मन्तव्य राख्दै समय अनुकुल शिक्षा क्षेत्रलाई परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्ने बताउनु भएको छ। अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको उहाँको भनाइ रहेको थियो ।


अर्घाखाँची जिल्ला बाट निर्वाचित मन्त्री आचार्यले शैक्षिक गुणस्तर बृद्धिको निम्ति शिक्षक,बिद्यार्थी र अभिभावकको बीचमा अन्योन्याश्रित सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। त्यसैगरी मन्त्री आचार्यले शिक्षकका विभिन्न खाले समस्यालाई सदनमा लगि छलफल गरि समाधानको बाटो तर्फ लाग्ने बताउनु भएको छ।

मन्त्री आचार्यले सम्पुर्ण ट्रेड युनियनको चौतर्फी बिकासको निम्ति आफु हरदम सहयोग गर्न तत्पर रहेको बताउदै अर्घाखाँची जिल्लामा आफूलाई बिजय गराउनमा शिक्षकको ठुलो भुमिका रहेको भन्दै बधाई तथा धन्यवादसमेत प्रकट गर्नु भएको थियो।  मन्तव्य राख्ने क्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाले शिक्षक एउटा मैन बत्ति हो जो आफू जलेर अरुलाइ उज्यालो प्रकाश दिने गरेको बताउनु भएको छ।

No description available.

आफू पनि शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका अध्यक्ष भुसालले राज्यले गरेको शिक्षको बिभेदकारी ब्याभारलाइ संसोधन माग गर्न मन्त्री आचार्य लाई अनुरोध समेत गर्नु भएको थियो। त्यसैगरी अध्यक्ष भुसालले आफू अर्घाखाँचीमा जिल्लामा शिक्षकका हक हितका निमित्त कत्तिपनी कसुर नराखि हातेमालो गर्दै अघाडी बड्ने बताउनु भएको छ।

No description available.

त्यसै गरि मन्तव्य राख्ने क्रममा अर्घाखाँची जिल्ला नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष धुर्ब केसिले अर्घाखाँची जिल्लाका सम्पूर्ण शिक्षकका समस्याहरु प्रस्तुत गर्दै यी समस्या समाधान गर्न पाटि जिल्ला अध्यक्ष देखि मन्त्री सम्मलाइ आग्रह गर्दै आर्थिक प्रतिबेदन समेत सार्बजनिक गर्नु भएको थियो।

सो कार्यक्रममा नेपाल प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष सोभाखर पन्थी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य गितारा बिष्ट लगायत जिल्ला स्तरका बरिस्ठ नेता कर्मचारी पत्रकार शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रम जिल्ला उपाध्यक्ष राम बहादुर खड्काको स्वागत मन्तव्य धुर्ब केसि को अध्यक्षता र सीता बन्जाडे को संचालनमा सम्पन्न भएको थियो।