अर्घाखाँची: प्रमुख जिल्ला अधिकारी अर्याल प्रवल जनसेवाश्री मानपदवीबाट बिभुषित्

-लक्ष्मण घिमिरे,अर्घाखाँची ।

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल राष्ट्रपतीबाट विभुषित् भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्नेलाई विभुषित् गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अर्याल प्रवल जनसेवाश्री मानपदवीबाट बिभुषित् भएकी हुन् । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई राष्ट्रपतीले विभिन्न मानपदवी प्रदान गरेका छन्।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी अर्याल प्रवल जनसेवाश्री मानपदवीबाट बिभुषित्

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा मानपदवी प्रदान गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ।