राजमो पाचौ जिल्ला सम्मेलन : जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी. बैशाख ८ गते अर्घाखाँची आउने

No description available.

 

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाची ।

सन्धिखर्क ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी. यहि बैशाख ८ गते अर्घाखाँची आउनु हुनेभएको छ ।

बैशाख ८ र ९ गते सन्धिखर्कमा हुन लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई उद्घाटन गर्न अध्यक्ष के.सी. अर्घाखाँची आउन लाग्नुभएको हो । राष्ट्रिय अखण्डता र जनताको पक्षमा खरो बोल्ने बामपन्थी नेता के.सी.जिल्ला आउनेभएपछि राजमोका नेता,कार्यकर्ता मात्रै नभइ उहाँका शुभचिन्तकहरुसमेत उत्साहित भएको बताइएको छ ।

Chitra Bahadur KC wins HoR seat from Baglung-1 – epardafas.com

मुलुकमा रहेको राजनितिक अस्थिरता,कमजोर राष्ट्रियता र संकटग्रस्त आर्थिक अवस्थाको निराकरण गर्न संघियता खारेजीको विकल्प नभएको जिकिर गर्दै आउनुभएका अध्यक्ष के.सी.ले राजमो अर्घाखाँँचीको बैशाख ८ गते हुने ५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुने अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ ।

नयाँ नेतृत्व र कार्यक्रम तय गर्नको निम्ती जिल्ला सम्मेलन गर्न लागेको राष्ट्रिय जनमोर्चाले मिति नजिकिएसंगै तयारीलाई पनि तिब्र पारेको सचिव बाबुराम पन्थीले बताउनुभएको छ ।

जिल्लाका सबै वडा र पालिकामा बैठक, भेला र सम्मेलन मार्फत वडा तथा पालिका स्तरिय समिति गठन सकिसकेको यो पार्टिले अहिले जिल्ला सम्मेलनमा सहभागि हुने प्रतिनिधि,प्रर्यवेक्षक र दर्शक छनौंटका कामलाई तिब्र पारेको जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभएको छ ।

८ गते करिब उद्घाटन भइ ९ गते बन्दशत्र मार्फत नयाँ नेतृत्व र कार्यक्रम तय गरि समापन हुने सम्मेलनमा जिल्लाभरबाट करिब ५ सय प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने राजमो अर्घाखाँचीले जनाएको छ ।