-अर्घाखाची डट्कम सम्बाददाता।
अर्घाखाँची । चन्द्र प्रभा मा. वि. का शिक्षक श्री तिर्थ राज आचार्य राष्ट्रपतीबाट विभुषित् हुनुभको छ ।सन्धिखर्क नगरपालिका वाड न सात डिहिडाडाँ स्थित श्री चन्द्र प्रभा मा.वि का शिक्षक बिगत ३८ वर्ष देखि शैक्षिक पेसामा हुनुहुन्थ्यो । उहाँको शिक्षक पेसा प्रती उच्च मुल्यांकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरे वापत विभुषित् गर्नु भएको थियो ।
जिल्लामा क्रियाशिल शिक्षकका पेशागत संघ संगठनहरुले समग्र जिल्लाको परिक्षा प्रणालीमा एकरुपता कायम गर्ने र सोको माध्यमबाट शैक्षिक गुणस्तर साथै जिल्लाभरी एउटै शैक्षिक कार्ययोजनाका साथ अगाडि बढने उद्देश्यले स्थापित शैक्षिक विकास तथा अनुसन्धान परिषद् अर्घाखाँचीको स्थापना कालदेखी महत्त्वपूर्ण जिम्मेवार पदमा आसिन रहि अत्यन्तै समन्वयात्मक भुमिका निभाउनुहुने सस्थाका कोषाध्यक्ष तथा श्री चन्द्रप्रभा मा.वि. डिहिडाँडाका वरिष्ठ शिक्षक हुनुहुन्छ।
उहाँलाई राष्ट्रपति कार्यालय शीतल निवासमा मिति २०८०/०१/०१माआयोजित विशेष समारोहमा मानपदवी प्रदान गरिएको हो । नेपालको संविधानको धारा २७७ को
उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख पनि रहेको छ।स्मरणीय रहोस उहाँ एक शिक्षक मात्र नभै एक सामाजिक धार्मिक तथा सहित्य तर्फ पनि अहम भुमिका निभाउदै आउनु भयको छ।
आफ्नो समाजका दुखी गरिव जनताहरुको सेवामा रमाउने आदरणीय गुरु प्रती उच्च- सम्मान छ।