अब भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको मुलुक

काठमाडौं– भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।

India is set to become the world's most populous country. Can it create  enough jobs? | CNN Business

संयुक्त राष्ट्र जनसंख्या फन्ड (युएनएफपीए) को हालै प्रकाशित रिपोर्टअनुसार सन् २०२३ मा भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ। चीनको हालको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख भएको युएनएफपीएको रिपोर्टमा उल्लेख छ।

India to Become World's Most Populous Country by 2022 | Time

युएनले सन् १९५० देखि नै जनसंख्याको अध्ययन गर्दै आइरहेको हो। युएनको तथ्यांकमा भारत र चीनको जनसंख्यामा ३० लाखको फरक देखिएको छ।

India Overtakes China And Becomes The Most Populated Country In The World  With 1.42 Billion People - Culture

भारतको हाल प्रति महिला बच्चा जन्माउने दर करिब २.० रहेको छ। युएनएफपिएको रिपोर्ट अनुसार भारतको एक चौथाई जनसंख्या ०–१४ उमेर समूह, १०–१९ उमेर समूह १८ प्रतिशत, १०–२४ उमेर समूह २६ प्रतिशत, १५–६४ उमेर समूह ६८ प्रतिशत र ६५ देखि माथि ७ प्रतिशत रहेको छ।

भारतमा एउटा पुरुषको औसत आयु ७१ वर्ष र महिलाको ७४ वर्ष छ।