काठमाडौँ । करिब साढे दुई करोडकाे कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पाराशर र केन्याका नागरिक पिलिसिला वान्जा डिरितु पक्राउ परेका हुन् ।
लागूऔषध कोकिनको कारोबार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई काठमाडाैंकाे ठमेलबाट पक्राउ गरेकाे हाे ।
प्रहरीले मंगलबार ठमेलको एक होटलबाट पाराशरलाई पक्राउ गरेको थियो । उनको साथमा रहेको झोलामा १.८ केजी कोकिन बरामद भएको थियो । त्यसबारे थप अनुसन्धान गर्दा सो कोकिन केन्याका नागरिकडिरितुले इथियोपियाबाट काठमाडौंसम्म ल्याएर भारतीय नागरिक पाराशरलाई बिक्री गरेको खुलेको छ ।
प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको केन्द्रीय लागूऔषध ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताउनु भयाे। इमेजले उल्लेख गरेको छ।