जनमोर्चा नेता चित्र बहादुर केसी को प्रश्न गाउँ गाउँको सिंहदरवार कहाँ छ ? ( तस्बिर सहित )

-अर्घाखाची डट्कम सम्बाददाता ,अर्घाखाची ।

सन्धिखर्क ,अर्घाखाची । पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य समेत रहेका चित्र बहादुर केसीले गाउँ गाउको सिंहदरवार भन्ने स्थानिय तहले जनताको काम गर्न नसकेको आरोप लगाएका छन ।

May be an image of 10 people, violin, saxophone, trumpet, flute and clarinet

केसीले नेपालमा संबिधान जारी भए पछि तिन तहका सरकारहरुले जनतालाई सेवाको उत्पादन र बितरण सरल र सहज तरिकाले दिएका छन् त ? भनि प्रश्न ,प्रतिप्रश्न गर्ने बेला आएको भन्दै आज रुदै मिटरब्यजी मिडित हिड्दै राजधानी पुग्दा समेत प्रदेश सरकार र स्थानिय सरकारले के हेरीरहेको छन् ? गाउँ गाउँको सिहँदवार कहाँ छ? केसीले भनेका छन ।

May be an image of 16 people

विदेशी दलाल र पुजीबादको कारण चुनाबमा अव निती कार्यक्रम बिचार र नेतृत्व भन्दा पनि पैसाको हिसाव किताबमा मात्र प्रतिनिधी चुनिन खोज्दै गर्दा नागरिकता नै नभएको ब्यक्ती लाई समते सांसद र गृह मन्त्री सम्म बनाउने परिस्थीमा पुगेको भन्दै अध्यक्ष केसीले बिकृती बिसंगतीको दिन प्रतिदिन मौलाउदै गएको बताए ।

नेपालमा विदेशीले पार्टी खोलीसके : चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै नेता केसीले नयाँ खोलिएका केही दल विदेशबाट परिचालित भएको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रती संकेत गर्दै उनले नेपालमा विदेशीहरुको प्रत्यक्ष संलग्नता रहेको बताए ।

May be an image of 10 people

यद्दपी विदेशी चलखेल नेपालमा पहिल्यैदेखी रहेकाले नेपाललाई आत्मनिर्भर बन्न नदिने निति उनीहरुको रहेको बताए ।

May be an image of crowd

‘नेपालमा भारत र चिनको हस्तक्षेप पहिल्यै थियो,केसीले भने,‘अहिलेबाट अमेरिका पनि थपिएको छ ।’ चिनलाई कमजोर गराउन अमेरिकाले नेपाललाई प्रयोग गरिरहेको उनको भनाई छ । एमसिसी लगायतका परियोजना त्यसैको एउटा स्वरुप रहेको उनले बताए ।

May be an image of 10 people, violin, saxophone, trumpet, flute and clarinet

नयाँ दल बिदेशबाट संचालित रहेकाले उनीहरुले पनि नेपाललाई निकास दिन नसक्ने बताए । नेपालका गरिब नागरिकलाई विदेश पठाउने र यहाँ विदेशी एजेण्डा लागु गर्ने काम भईरहेको नेता केसीको तर्क छ ।

May be an image of 16 people

पुराना दल र नेताहरु पनि निजी स्वार्थमा चुर्लुम्म डुबेकाले देशको स्थिती भयावह भईसकेको उनले बताए । ‘नयाँहरु विदेशी ईशारामा काम गर्ने पुरानाहरु भ्रष्टाचारमा लिप्त छन्,उनले भने,‘अब नेपालको स्थिती के हुने हो ? सम्झदा पनि डर लाग्छ ।’

May be an image of 2 people

नेपाली नागरिकले सरकार भएको अनुभुती गर्न नपाएको भन्दै उनले खेतबारी बाँझै राखेर, गाउँ रित्तै गराएर कुन समृद्धीको कल्पना गरेका छौं भन्ने प्रश्न उब्जिएको बताए । गाउँमा बुढाबुढीहरु मात्र रहेकाले युवायुवती सबै विदेश जाने होडबाजिमा रहेको बताए । नेपालमा भएका उद्योग, कलकारखाना ध्वस्त बनाएर युवायुवतीलाई विदेशमा श्रम बेच्न पठाएर नेपालमा सममृद्धी नआउने उनको भनाई छ ।

May be an image of 1 person and temple

नयाँ पिढी विदेशी मोहमा परेको भन्दै नेता केसीले नेपालमा बस्न अहिलेको पिढी अनिच्छुक देखिएको बताए । विगतमा बनेका कम्युनिष्ट वा कांग्रेसको सरकारले युवा पिढीलाई विदेशिन बाध्य पारेको उनले आरोप लगाए ।

May be an image of 11 people

‘कसैले आशा जगाउन नसकेपछी अहिलेको पिढी सबै विदेश तिरै जान थाले,उनले भने,‘मेरै छोराहरुलाई मेलै रोक्न सकिन, अरुलाई झन् कसरी भनौं ?’

May be an image of crowd

संघियताले देशलाई झन् गाँजेको भन्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले तत्काल संघियताको विकल्पमा जानु पर्ने बताए ।

May be an image of 6 people, violin, clarinet, flute and dais

विदेशीले ल्याईदिएको संघियता अहिले नेपालका लागी ‘भालुको कम्पारो’ भएको बताए । महंगो प्रणालीले गर्दा नै नेपालको अर्थव्यवस्था खस्केको उनले बताए ।

 

थप तस्बिर : 

May be an image of crowdनेपालमा विदेशीले पार्टी खोलीसके : चित्र बहादुर केसीMay be an image of 16 peopleMay be an image of crowdMay be an image of 16 peopleMay be an image of 8 people and daisMay be an image of one or more people and crowd