स्थानिय सरोकारका बिषयमा दलित समुदायको भुमिका बिषयक कार्यक्रम पाणिनिमा सम्पन्न । ( तस्बिर सहित )

– अर्घाखाची डट्कम । 

मैदान पाणिनी – पाणिनी गाउपालिका वार्ड नम्बर ५ मैदानमा स्थानिय सरोकारका बिषयमा दलित समुदायको भुमिका र सहभागिता बिषयक छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । वार्ड नम्बर ५ को कार्यालय मैदानको बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको हो ।

May be an image of 6 people and temple

अर्घाखाँची मिडिया हाउस प्रालिको सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा वार्ड नम्बर ५ मा रहेका दलित समुदायका महिला पुरुषहरुले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा उनिहरुले आफ्नो अधिकार र कर्तव्यका बारेमा गहन छलफल गर्दै वार्डका जनप्रतिनिधिहरु संग आफ्ना गुनासाहरु पनि राखेका थिए ।

May be an image of 7 people

कार्यक्रमको सफलताको शुभकामना दिदै पाणिनी गाउपालिका अध्यक्ष टेकनारायण न्यौपानेले दलित तथा पिछडिएका समुदायको उत्थानको लागि पालिकाले हरतरहबाट सम्बोधन गर्ने आश्वासन दिएका छन ।

May be an image of 4 people and hospital

वार्ड अध्यक्ष इन्द्रमणी घिमिरेले आधुनिक समाजमा दलितका नाममा छुवाछुत अपराध र कलंक हुने भन्दै कुनै किसिमको भेदभाव आफुलाइ स्विकार्य नहुने बताएका छन ।

May be an image of 7 people

सहभागिका गुनासाको सम्बोधन गर्दै वार्ड ५ का सदस्य पार्वता सुनारले समुदायको बिकास र उत्थानका लागि आफुले प्रयास गरिरहेको र आउदा दिनमा अझ सक्रिय भएर समस्याहरुको समाधान तर्फ लाग्ने प्रतिबद्धता समेत जनाएकी छन ।

May be an image of 5 people and temple

मैदान स्थित महिला भवनमा सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता पाणिनी गाउपालिकाका अध्यक्ष टेकनारायण न्यौपाने र बिशेष आतिथ्यता कार्यपालिका सदस्य तथा वार्ड ५ का वार्ड अध्यक्ष इन्द्रमणी घिमिरेले गरेका थिए ।

May be an image of 5 people and temple

वार्ड सदस्य पार्वता सुनारले अध्यक्षता गरेको औपचारिक कार्यक्रम केशबराज ज्ञवालिको स्वागत मन्तव्य र केशब पन्थिको संचालनमा सम्पन्न भएको थियो ।

थप तस्बिर :

May be an image of 13 people

May be an image of 8 people

May be an image of 6 people and temple

May be an image of 9 people and people studying

May be an image of 7 people

May be an image of 5 people and hospital

May be an image of 9 people

May be an image of 1 person

May be an image of 10 people

May be an image of 10 people

May be an image of 9 people and people studying

May be an image of 8 people and people smiling