सुशाशन र पारदर्शिता भन्ने शब्द शब्दमा मात्र सिमित हुन सक्नेमा सरोकारवालाको चिन्ता ।

-केशबराज ज्ञवाली
अर्घाखाँचीमा सुशासन र पारदर्शीता शब्दमा मात्र सिमित हुन थालेको अवस्था आउन लागेको भन्दै सरोकारवालाहरुले गुनासो र चिन्ता ब्यक्त गरेका छन । अर्घाखाँचीमा भएको सुशासनका लागि साक्षरता कार्यक्रममा अधिवक्ता जगन्नाथ भुसालको कार्यपत्रमाथी छलफलमा भाग लिएर आफ्ना भनाइ राख्दै सरोकारवालाहरुले सम्बन्धित निकायलाइ प्रश्न राखेका हुन । बिकास निर्माण र जनताका दैनिक सवालका बिशयमा स्थानीय सरकारले देखिने गरि राजनिती गरेको , स्वास्थ संस्थाहरुमा समयमा औषधि नपुगेको , शिक्षा क्षेत्रमा प्रयाप्त बजेट नभएको , समयमा दरबन्दी मिलान गर्न नसकेको जस्ता प्रश्नहरु कार्यक्रममा सहभागिहरुले उठाएका हुन ।

अर्घाखाँचीमा हुने जुनसुकै कार्यहरुमा राजनितिक भागबन्डा र आसेपासे हरुलाइ पोस्ने स्थानिय तहको बानी सुधार्नुपर्ने पनि सहभागिको भनाइ रहेको छ ।

May be an image of 8 people

स्थानिय तहहरुको कार्य पद्दतिमा जनप्रतिनिधि र कर्मचारिहरुको तालमेल नहुनु , जनताका प्रश्नहरुको जवाफ दिनेक्रममा जनप्रतिनिधिले कर्मचारिलाइ र कर्मचारिले जनप्रतिनिधिलाई देखाएर उम्किने प्रयास गर्नु पनि चर्को समस्या रहेको पत्रकारहरुको पनि गुनासो रहेको थियो ।

कार्यक्रममा जिल्ला स्थित ६ वटै पालिकाका प्रमुख उप प्रमुख तथा प्रतिनिधिहरु बोलाइएकोमा भुमिकास्थान नगरपालिका बाहेक अन्य पाच वटा पालिकाका प्रमुख तथा प्रतिनिधि हरु , प्रमुख जिल्ला अधिकारी , सुरक्षा अधिकारी ,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि हरु , नागरिक समाज , सुरक्षाकर्मी , पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम लुम्बिनी प्रदेश सरकारको सहयोगमा रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको थियो ।

May be an image of 7 people, dais and text