अर्घाखाँची – टोप बहादुर रायमाझी अर्घाखाँचीकाे छत्रदेवमा आयाेजित महेन्द्र विधाबोध माध्यमिक विद्यालयकाे हिरक महोत्सवमा सहभागी भइरहेका थिए । उनी उक्त महाेत्सवमा दिनभर सभामुख देवराज घिमिरेकाे साथमा सहभागी भएका हुन ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले रायमाझी सहित उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी लिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै प्रहरी परिसर काठमाडाैँले रायमाझीलाई अर्घाखाँचीबाटै पक्राउ गर्ने गरी जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएकाे छ।
रायमाझीलाई अहिले महत्सवबाटै पक्राउ गर्ने प्रहरीले तयारी गरेकाे बताइएको भएता पनि रायमाझी महोत्सव स्थलबाट निस्किएको हाम्रा संवादाताले बताएका छन ।