काठमाडौं । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी भएको छ ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।