बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना (तस्बिर सहित )

-सिपी खनाल/संचार

लुम्बिनी – गौतमबुद्धको जन्म, बुद्धत्व लाभ र महापरिनिर्वाण गरेको दिनको रूपमा आज बुद्ध पूर्णिमा मनाइँदैछ।

May be an image of 9 people, dais, temple and text

गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण घटनाहरू जन्म (इ.पू. ५६३, लुम्बिनी), बुद्धत्व लाभ (इ.पू. ५२८, बोधगया) र महापरिनिर्वाण (इ.पू. ४८३, कुशीनगर) वैशाख पूर्णिमाकै दिन परेका कारण यस दिनलाई ‘त्रिसंयोग’ पनि भनिन्छ र बौद्धहरू श्रद्धासाथ बुद्धको स्मरण र धर्मोपदेश मनन् गर्दै उत्सव मनाउँछन्।

May be an image of one or more people, crowd and temple

बुद्धको जन्मस्थल लुम्बिनीमा २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसका रूपमा विशेष उत्सवका रुपमा मनाइँदै छ। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीसहित बृहत लुम्बिनी क्षेत्रमा विविध कार्यक्रम गरी ती दिनदेखि मनाउन थालेको हो।

शुक्रबार बिहान मायादेवी मन्दिरमा पूर्णिमा पूजा गरिएको छ। शाक्यमुनि बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूर्णिमाका दिन भएको थियो। बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन भएकाले यो अत्यन्तै महत्वपूर्ण

May be an image of 5 people, monument and temple

दिनका रुपमा लिइने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बताए। उनले भगवान बुद्धको सन्देश शान्ति, अहिंसा र करुणाको सन्देश विश्वले आत्मसाथ गरेको बताए।

Lumbini Development Trust- Birthplace of Buddha, Historical Place of Nepal, The World Heritage SiteLumbini Development Trust

कोषले कोरोना महामारीपछि उत्सवमय रुपमा मनाउन बुद्धजयन्ती मनाउन नपाएकाले यस वर्ष उत्सवमय बनाइएको उनले बताए। कोषले शुक्रबार (आज) बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८० मुल समारोहको आयोजना गरेको छ। बिहान पूर्णिमा पूजा गरिएको र ९ बजे बुद्धजयन्ती समारोहको आयोजना गरिएको कोषका सदस्य सचिव सानुुराजा शाक्यले जानकारी दिए।

Lumbini, the Birthplace of the Lord Buddha - TheTravelShots

औपचारिक समारोह अघि ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्याली निकालिने छ। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन्। समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसद सहित कुटनितिक नियोग, विदेशी पाहुँनाहरूको समेत सहभागिता रहने शाक्यले बताए।

PHOTO: Monks Visit Birthplace of Lord Buddha in Lumbini, Nepal | Culture travel, Breathtaking places, Nepal travel

शुक्रबार नै बुद्धको अस्तुधातु रहेको नवलारासीको रामग्रामममा अस्तुधातु यात्रा निकालिने भएको छ। पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्धजयन्ती विशेष समारोहको आयोजना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

May be an image of 1 person, temple and crowd

रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपालीले सम्बोधन गर्ने कार्यक्रम छ। रामग्राममा प्रधानमन्त्री प्रचण्डसमेत जाने कार्यक्रम रहेको छ

बुद्धको मावली देवदहमा वैशाख १९ गते बिहीबार बौद्धधर्मग्रन्थमा महत्वपूर्ण मानिने देवदह सुत्त र तीन बौद्ध नारी विभुति-परिचर्चा प्रवचन एवम् बुद्धजयन्ती दिवस समारोह गरिएको थियो।

1

शनिबार मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकको रूपमा मायादेवी शोभायात्रा गरिने कोषले जनाएको छ।   images